After SEE Portal

भर्ना अभियान सुरु भइसक्यो तर, अझै पाठ्यपुस्तक छाप्ने काम सकिएन

Bridge Course

पाठ्यपुस्तक छपाइको काम समयमै नसकिने निश्चित भएको छ । जनक शिक्षा सामग्री लिमिटेडका अनुसार अझै ६० लाख थान पाठ्यपुस्तक छाप्न वाँकि छ । शैक्षिक सत्र सुरु हुनु अगावै २ करोड १० लाख पाठ्यपुस्तक छपाई गर्नुपर्ने हो ।

तर, अहिलेसम्म १ करोड ४० लाख पाठ्यपुस्तक मात्र छापिएको छ ।

हालसम्म कक्षा ९ र १० को पनि पाठ्यपुस्तक छाप्ने काम सकिएको छ । अझै कक्षा ६, ७ र ८ को पाठ्यपुस्तक छाप्ने क्रम जारी छ ।

कक्षा ६, ७ र ८ को ६० लाख थान पाठ्यपुस्तक छाप्न बाँकी रहेको जनक शिक्षा सामग्री लिमिटेडका प्रवक्ता चित्र आचार्यले वताए । हाल दैनिक एक लाख २० हजार थान पाठ्यपुस्तक छाप्ने काम भइरहेको छ ।

कक्षा ६, ७ र ८ को पाठ्यपुस्तक कलर गर्ने भनेर सरकारले निर्णय गरेको र, सि.आर.सी प्रिन्टिङ प्रेस माघमा प्राप्त भएकालेपनि पाठ्यपुस्तक छपाईको काम ढिलो गरी सुरु भएको जनक शिक्षा बताउँछ । जनक शिक्षाले १५ बैशाखसम्म पाठ्यपुस्तक सवै विद्यार्थिको हात हातमा पुग्ने जनाएको छ ।

A Levels MA