After SEE Portal

एक शब्द पढ्न नसक्ने विद्यार्थी १६ प्रतिशतले घटे

Bridge Course

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम कार्यान्वयन भएका जिल्लामा एक शब्द पनि पढ्न नसक्ने विद्यार्थीमा १६ प्रतिशतले कमी आएको छ । यो कार्यक्रमबाट नेपाली पहिलो भाषी विद्यार्थीको क्षमतामा उल्लेख्य सुधार आएको देखिएको छ।

कार्यक्रमको मध्यवधि मूल्याङ्कनमा सो तथ्य फेला परेको हो । मूल्याङ्कनका आधारमा एक शब्द मात्र शुद्ध पढ्न सक्ने विद्यार्थीको संख्या ५२ प्रतिशतबाट ६६ प्रतिशत पुगेको छ भने, सोही तहका नेपाली इतरभाषी विद्यार्थीमा ३० प्रतिशत देखि बढेर ४३ प्रतिशत पुगेका छन् ।

तोकिएका शब्द शुद्धसंग पढी अर्थ बोध गर्ने नेपाली पहिलो भाषीमा११ प्रतिशतबाट बढेर २६ प्रतिशत पुगेको मध्यावधि मूल्याङ्कनले देखाएको छ । भने सोही तहका इतरभाषीको बोध क्षमता १ प्रतिशतले मात्र बढेको देखाएको छ ।

आधार रेखा सर्वेक्षण अनुसार ४५ शब्द प्रति मिनेट पढ्ने र ८० प्रतिशत पठनबोध गर्ने विद्यार्थीको प्रतिशत ०.९ पुगेको देखाएको छ । भने मध्यावधि सर्वेक्षणका अनुसार ३.१४ प्रतिशत पुगेको छ देखाएको छ ।

कार्यक्रम लागु भएका र लागु नभएका ६ जिल्लाका क्रमशः ८६, ८६ र १२० विद्यालयका २ हजार ८३१, २ हजार ५६१ र २ हजार ९९१ विद्यार्थीमा गरिएको मूल्याङ्कनको नतिजाले विद्यार्थीको पढाइ सिप र बोध क्षमतामा सुधार आएको तथ्य औंल्याए पछि सो कार्यक्रम विस्तार गर्न लागिएको हो ।

थप १० जिल्लामा विस्तार गरिने

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम आगामी शैक्षिक सत्रमा थप १० जिल्लामा लागु गरिने भएको छ । नेपाल सरकारले सो कार्यक्रम आउँदो शैक्षिक सत्रदेखि ३० जिल्लामा विस्तार गर्ने भएको छ। मन्त्रालयका अनुसार सन् २०१६ मा गरिएको रेखा सर्वेक्षण र सन् २०१८ मा गरिएको मध्यावधि मूल्याङ्कनले यसको प्रभावकारिता प्रष्ट्याएको हुनाले थप १० जिल्लामा सो कार्यक्रम लागु गरिने भएको हो ।

यो कार्यक्रम पहिलो चरणमा ६ जिल्लामा, दोश्रो चरणमा थप १० जिल्लामा, तेश्रो चरणमा ४ जिल्लामा लागु गरी हाल २० जिल्लामा कार्यान्वयन भइरहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दियो । कार्यक्रम लागू भएका जिल्लामा छात्र र छात्राको उपलब्धि सुधारको दरमा समानता देखिएको छ ।

मिति लागु

चरण

लागु भएका जिल्ला

२०१५ देखि २०१६

पहिलो

सप्तरी, भक्तपुर, मनाङ, कास्की, बाँके र कञ्चनपुर

२०१७ देखि २०१८

दोस्रो

धनकुटा, पर्सा, रुपन्देही, मुस्ताङ, सुर्खेत, दाङ, बर्दिया, डोल्पा, कैलाली र डडेल्धुरा

२०७६ बैशाखदेखि

तेश्रो

ताप्लेजुङ, धनुषा, रसुवा र तनहुँ

२०७७ देखिलागु हुने

चौथों

खोटाङ, सर्लाही, महोत्तरी, रौतहट, सिन्धपाल्चोक, म्याग्दी, नवलपरासी पश्चिम, कपिलवस्तु, दैलेख र अछाम

सर्वेक्षणका अनुसार नेपाली प्रथम भाषी बालबालिकाको तुलनामा नेपाली द्वितीय भाषी बालबालिकाको पठन प्रवाह र बोध क्षमताको सुधारको गति केही कम देखिएको छ । यसबाट नेपाली बाहेकको अन्य मातृभाषा हुने विद्यार्थीको अवस्थामा सुधार ल्याउन सम्बन्धित निकायहरूले थप प्रयास गर्नुपर्ने अवस्था अध्ययनले औंल्याएको छ ।

पठन सिपमा सामुदायिक विद्यालयका विद्यार्थी कमजोर देखिएको हुँदा पठन सिप सुधारका लागि सञ्चालन गरिएका सबै परियोजनाले यसको सुधार गर्न नसके पछि यो कार्यक्रम लागु गरिएको हो । 

कार्यक्रम सन् २०१४ देखि २०१५ देखि कार्यान्वयनमा ल्याएको हो । पहिलो र दोश्रो चरणमा कार्यक्रम लागू गरिएका १६ जिल्लाहरूमा कार्यक्रम कार्यान्वयनका लागि अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को आर्थिक तथा प्राविधिक सहायोगमा सञ्चालन गरिएको हो ।

युएसएआइडीको प्रविधिक सहायता वापत ५३.८ मिलियन र रातो किताब मार्फत ८ मिलियन गरी कूल ६१.८ मिलियन डलर यो कार्यक्रमका लागि खर्च गर्ने भएका छन् ।

A Levels MA
Thuprai - Books and E-books