एसईई पूरक परीक्षाको समयतालिका सार्वजनिक (तालिकासहित)

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०ले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेडबृद्धि (पूरक) परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।

पूरक परीक्षामा सहभागी हुने परीक्षार्थीहरुले सम्बन्धित विद्यालय मार्फत भदौ ५ गते सम्ममा शिक्षा विकास तथा समन्वय इकाइमा परीक्षा आवेदन फारम पेश गर्न सूचित गरेको हो ।

अन्तिम ग्रेड  सी वा  सी भन्दा कम प्राप्त गरेका विषयहरु मध्ये परीक्षार्थीहरुले आफूले चाहेको बढीमा दुई विषयसम्म वा बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीहरुले ग्रेड पूरक परीक्षामा सहभागी हुन पाउने र उक्त परीक्षा भदौ ११ र १२ गते विहान ८ बजेदेखि ११ सम्म सञ्चालन गरिने  सूचनामा  उल्लेख गरिएको छ ।

दुई विषयमा परीक्षा दिने परीक्षार्थीले आफूले परीक्षा दिने विषयहरु मध्ये सबै भन्दा सानो अंक भएको कोड नं पहिलो दिन र ठुलो अंक भएको कोड नं को विषयमा दोस्रो दिनको परीक्षामा सहभागी हुन पर्नेछ। कुनै आकस्मिक बिदा पर्न गएमा पनि बोर्डको पूर्व सूचना विना परीक्षा स्थगित नहुने  सूचनामा उल्लेख गरिएको छ ।

सो सूचनामा  ग्रेडबृद्धि परीक्षाको परीक्षा केन्द्र सम्बन्धित जिल्लाको सदरमुकाममा मात्र हुने उल्लेख गरिएको छ । परीक्षा केन्द्रहरुको जानकारी प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको समन्वयमा सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइहरुवाट हुनेछ । तोकिएको केन्द्र र तालिका अनुसार परीक्षामा सामेल नहुने परीक्षार्थीहरुलाई परीक्षाको अर्को व्यवस्था नगरिने  सूचनामा ऊललेख छ ।

एसईई परीक्षा २०७८ को प्रवेशपत्र नै पुरक परीक्षाको लागि प्रवेशपत्र कायम गरिएको हुँदा सोही प्रवेशपत्रमा उल्लेखित सिम्बोल नंबाट परीक्षा दिनुपर्नेछ । प्रवेशपत्र हराएमा सम्बन्धित विद्यालयका प्रधानाध्यापकले परीक्षार्थीहरुको फोटो प्रमाणित गरी  राजश्व खातामा रु पचास शुल्क बुझाई शिक्षा विकास तथा समन्वय इकाइमा सिफारिस साथ पेश गर्नुपर्ने र ग्रेडवृद्धि ९पुरक० परीक्षामा सामेल हुने प्रयोजनका लागि प्रतिलिपि प्रवेशपत्र सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइले उपलब्ध गराउने सूचनामा उल्लेख गरिएको  छ ।

परीक्षा तालिका

Thuprai - Books and E-books