After SEE Portal

विषम परिस्थितिका कारण एसईई नतिजाको विश्लेषण गरिएनः निर्देशक खकुरेल

Bridge Course

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले आज २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डले विगतको इतिहासलाई तोड्दै नतिजा मात्र सार्वजनिक गरेको छ । यस वर्ष विगतका एसईईमा जस्तो नतिजाको विश्लेषण भने गरेको छैन ।

विषम परिस्थितिका कारण बोर्डले परीक्षा सञ्चालनको सम्पूर्ण तयारी सकेर परीक्षा केन्द्रमा प्रश्नपत्र र विद्यार्थी पुगीसकेपछि सरकारले एसईई परीक्षा गत चैत्र ५ गते स्थगित गरेको थियो ।

परीक्षा स्थगित भएपछि लामो समय अन्योलमा फसेको सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ स्वीकृत गर्यो । सोही कार्यविधिका आधारमा शिक्षा विकास तथा समन्वय इकाइहरुबाट प्रमाणित भई बोर्डमा आएको विद्यार्थीहरुको प्राप्ताङ्कलाई संकलन, रुजु र ग्रेडीङ गरी नतिजा प्रमाणीकरण गरिएको हुँदा विगतमा जस्तो नतिजा विश्लेषण नगरिएको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का निर्देशक रामराज खकुरेलले बताए ।

‘हामीले विद्यालयले पठाएको नतिजालाई संकलन, रुजु र ग्रेडिङ गरी प्रमाणीकरण मात्र गरेका हौं, विषम परिस्थितिका कारण विगतमा जस्तो परीक्षा आफैं सञ्चालन गरेका होइनौं ।’ निर्देशक खकुरेलले भने, ‘विद्यालयले गरेको मूल्यांकन विद्यालयमा नै जाने हुनाले हामीले यस वर्ष ग्रेडीङ तथा जीपीए सार्वजनिक गर्नु नपर्ने निर्णय गरेर नै नतिजा मात्र सार्वजनिक गरेका हौं ।’

यस वर्ष ४ लाख ७२ हजार ७८ जना परीक्षार्थीको नतिजा बोर्डले आज सार्वजनिक गरेको हो । एसईई परीक्षाका लागि ४ लाख ८२ हजार परीक्षार्थीहरुले आवेदन फारम भरेका थिए ।त्यसमध्ये करिब १० हजार विद्यार्थीको परीक्षा विभिन्‍न कारणले रद्द भएको नियन्त्रक खकुरेलले जानकारी दिए ।

A Levels MA
Thuprai - Books and E-books