SEE Result 2082

एसईईको नतिजा सार्वजनिक

२०७६ को माध्यमिक शिक्षा परीक्षा(एसईई) कक्षा १० को नतिजा प्रकाशन गरेको छ । परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ स्वीकृत गरी सोही कार्यविधिका आधारमा शिक्षा विकास तथा समन्वय इकाइहरुबाट प्रमाणित भई आएको विद्यार्थीहरुको प्राप्ताङ्कलाई संकलन, रुजु र ग्रेडिङ गरी नतिजा प्रमाणीकरण गरिएको  हो ।

यस वर्ष कूल ४ लाख ८२ हजार ९८६  विद्यार्थीले परीक्षाको लागि आवेदन भरेकोमा विद्यालयहरुबाट परीक्षाका लागि योग्य ४लाख ७२हजार ७८  जना विद्यार्थीहरुको प्रमाणित प्राप्ताङ्क विवरण मात्र बोडमा उपलब्ध भएको हुँदा विद्यालयको मूल्याङ्कनलाई  बोर्डले बैधानिकता प्रदान गरेको हो । 

+2 School
Counseling
Bachelors Portal