After SEE Portal

एसईईको प्रमाणपत्र दुई हप्तापछि

Bridge Course

गत २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरा गरेका विद्यार्थीहरुका हातमा प्रमाणपत्र पुग्न अझै दुई साता लाग्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले यतिबेला प्रमाणपत्र छपाइ कार्य गरिरहेको छ । विगतमा तीन वटा मेसिनबाट छपाइ हुँदै आएकोमा यसपटक दुई वटाबाट मात्र छपाइ हुँदा केही ढिला हुने भएको भनाइ पनिकाको छ ।

परीक्षा नियन्त्रक रुद्र अधिकारीले मार्क लेजर प्रिन्ट भइसकेको बताउँदै भने, “ग्रेडसिट र मूलप्रमाणपत्र छपाइ भइरहेको छ । विद्यार्थीले प्राप्त गर्न अझै दुई हप्ता लाग्ला ।” करिब १० जिल्लाका प्रमाणपत्रहरुको छपाइ कार्य सकिएको बताइएको छ ।

२०७७ सालको एसईईका लागि पाँच लाख १७ हजार १२२ जनाले रजिष्ट्रेसन फाराम भरेकोमा चार लाख ८४ हजार २७८ जनाको प्राप्ताङ्कलाई प्रमाणीकरण गरिएको थियो ।

एकैसाथ सयौँ प्रमाणपत्र छाप्न सक्ने एउटा प्रिन्टर मेसिनलाई करिव २८ लाख रुपियाँ पर्ने गरेको छ । कोभिड–१९ का कारण सो प्रिन्टर मेसिन नेपालमा उपलब्ध छैन । पनिकाले किन्न चाहे पनि बजारमा उपलब्ध नभएकाले हाल रहेका दुई वटा मेसिनबाट काम चलाउनुपरेको भनाइ पनिकाका कर्मचारीहरुको छ । नेपालमा रहेका एजेन्टहरुले त्यस्तो खाले प्रिन्टर मेसिन चाहिएमा अर्डर दिएपछिमात्र निर्माता कम्पनीले निर्माण गरेर नेपाल पठाइदिने जवाफ पनिकाका कर्मचारीहरुलाई दिएका थिए । प्रयोगका दृष्टिकोणले त्यस्तो खाले प्रिन्टर मेसिन पनिका बाहेकलाई खासै आवश्यक पर्दैन । कोभिड–१९ का कारण कम्पनीहरुले त्यस्ता प्रिन्टर मेसिन उत्पादन खासै गरेका छैनन् ।

आन्तरिक मूल्याङ्कनका आधारमा प्राप्ताङ्क प्रदान गरिएकाले पुनर्याेगको व्यवस्था गरिएको छैन ।

मूल्याङ्कनमा कुनै प्राविधिक त्रुटि देखिएमा विद्यालयले सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा निवेदन दिनसक्ने व्यवस्था छ । एकाइले पनिकामा त्यसलाई पठाउनेछ । सामान्य त्रुटि भएमा पनिकाले तत्काल संशोधन गरिदिनेछ भने जटिल वा नीतिगत समस्या भएमा बोर्डबाट निर्णय गराउनुपर्ने हुन्छ ।   

A Levels MA
Thuprai - Books and E-books