After SEE Portal

एसईई परीक्षा सर्दैनः रापबोर्ड अध्यक्ष

Bridge Course

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) निर्धारित समयमै सञ्चालन हुने भएको छ ।

जाजरकोट र रुकुम पश्चिममा भूमम्पले गर्दा पठनपाठन भएकाले परीक्षा सर्न सक्ने जनाउ यसअघि राष्ट्रिय परीक्षा बोर्डले दिएको थियो । बोर्डका अध्यक्ष डा। महाश्रम शर्मा ती जिल्लाको स्थलगत अनुगमन गरेर आज काठमाडौँ फर्किएका छन् । उनले ती जिल्लामा अनुगमन गर्दा पठनपाठनमा असर नभएको भन्दै एसईई तोकिएकै परीक्षा कार्ययोजनाअनुसार नै हुने बताए ।

“जाजरकोट र रुकुम पश्चिममा भूकम्प जाँदा त्यहाँ बिदा थियो” शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आज आयोजना गरेको छलफलमा उनले भने, “त्यसैले कक्षा १० का विद्यार्थीलाई भूकम्पका कारण पठनपाठनमा निकै असर पु¥याएको देखिएन । पठनपाठन चालु छ । परीक्षा सानुपर्ने अवस्था देखिएन ।” जाजरकोटमा चार वटा पालिका र रुकुम पश्चिममा दुई पालिका भूकम्पबाट बढी प्रभावित भएको छ ।

ती दुई जिल्लाका शिक्षा निकायले भूकम्पका कारण पठनपाठन प्रभाविक भएकाले एसईई सार्न अनुरोध गरेका थिए । सो अनुरोधअनुसार बोर्डले देशभरिकै परीक्षालाई दुई साता सार्न सकिने वा ती दुई जिल्लामा पछि अलग परीक्षा सञ्चालन गर्न सकिने भन्नेमा आन्तरिक छलफल गरिरहेको थियो । तर त्यस्तो अवस्थाका बारेमा निर्णय गर्नुअघि बोर्डका अध्यक्ष डा। शर्मा आफैँ स्थलगत अनुगमनका लागि ती जिल्ला पुगेका थिए ।

बोर्डका अध्यक्ष डा। शर्माले ती जिल्लामा ७० जना शिक्षक तथा प्रधानाध्यापकसँग छलफल गरिएको बताए । त्यहाँ दुई वटा परीक्षा केन्द्र बढी प्रभावित भएको बताउँदै विकल्प खोजी गरिने बताउँदै उनले थपे, “पाठ्यपुस्तकको समस्या छैन । विद्यार्थी परीक्षामा सम्मिलित हुन तयार छन् ।” मंसिर ३ गतेसम्म विद्यालय बन्द भएको र मंसिर ४ गतेबाट अधिकांश विद्यालय खुला भइसकेको थियो । उनले विद्यालयहरुले कक्षा १० का विद्यार्थीका लागि अतिरिक्त कक्षा पनि सञ्चालन गरिरहेको बताए ।

बोर्डले यस वर्षको एसईई आगामी चैतको पहिलो साताबाट सञ्चालन गर्नेगरी कार्यतालिका सार्वजनिक गरिसकेको छ । मिति भने अझै तय भएको छैन । आगाामी चैत ६ गतेबाट परीक्षा सञ्चालन हुनसक्ने बताइएको छ । परीक्षा तालिका यसै महिनाको अन्तिमसम्ममा तय भइसक्ने बताइएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यस वर्षको परीक्षाका लागि चार लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेको जानकारी दिए । उनका अनुसार खुला विद्यालयतर्फका विद्यार्थीको सङ्ख्या यकिन हुन सकेको छैन । तीमध्ये दुई लाख ४६ हजार चार पुरुष र दुई लाख ४३ हजार ४४० महिला परीक्षार्थीले रजिष्ट्रेसन फाराम भरेका थिए ।

यो वर्ष नयाँ पाठ्यक्रमअनुसार परीक्षा सञ्चालन गरिनेछ । अक्षराङ्क पद्धतिअनुसार परीक्षार्थीको मूल्याङ्कन गरिँदैछ । ३५ प्रतिशतभन्दा कम ल्याउने परीक्षार्थीको ग्रेडसिटमा ननग्रेडेड अर्थात् एनजी उल्लेख हुनेछ । यसले एसईई पूरा नभएको जनाउँछ ।

A Levels MA