After SEE Portal

एसईई मूल्याङ्कन विधि टुङ्गो लाग्यो

Bridge Course

विद्यालयले २०७७ सालको एसईई परीक्षार्थीको आन्तरिक मूल्याङ्कन गरी आगामी असार २० गतेभित्र सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा पठाइसक्नुपर्ने छ ।

विषयगत शिक्षकहरुले मूल्याङ्कन गरी प्रधानाध्यापकसमक्ष पेश गर्नुपर्ने, प्रअले स्वीकृत गरेर मूल्याङ्कन समितिमा पेश गर्नुपर्ने र समितिले प्रमाणित गरेपछि एकाइमा पठाउनुपर्ने छ ।

राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का परीक्षा नियन्त्रक रुद्र अधिकारीले मूल्याङ्कन समितिमा प्रधानाध्यापक, गणित शिक्षक, विज्ञान शिक्षक, अङ्ग्रेजी शिक्षक र वरिष्ठ शिक्षक रहने व्यवस्था मिलाइएको बताए । “गत वर्ष प्रधानाध्यापकलाई सबै जिम्मेवारी दिँदा जथाभावी अङ्क हालेको गुनासो आएपछि विषय शिक्षकलाई समावेश गर्ने निर्णय गरिएको हो” उनले भने ।

प्रयोगात्मक विषय भएमा कक्षा कार्य, हाजिरी, परियोजना कार्य आदिका लागि २० अङ्क, सैद्धान्तिक विषयका लागि ५५ अङ्क र बाँकी २५ अङ्क प्रयोगात्मकका लागि प्रदान गर्ने ढाँचा तयार गरिएको छ । त्यस्तै प्रयोगात्मक नभएका विषयमा हाजिरी, परियोजना कार्य लगायतका लागि २५ अङ्क र आन्तरिक परीक्षाको ७५ अङ्क प्रदान गर्नसकिनेछ ।

आन्तरिक परीक्षा सञ्चालन नगरेका विद्यालयका हकमा कुनै पनि विधिबाट परीक्षा लिएर सो अङ्क समावेश गरिदिनुपर्ने हुन्छ । 

उनले ८० प्रतिशतभन्दा बढी अङ्क प्रदान गर्नुपर्ने भएमा कैफियत महलमा सो अङ्क प्रदान गर्नुपर्ने आधार वा कारणका बारेमा स्पष्ट उल्लेख गर्नुपर्ने जानकारी दिए ।

A Levels MA
Thuprai - Books and E-books