SEE Result 2082

बुढानिलकण्ठमा छात्रवृत्ति

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा बूढानीलकण्ठ स्कुल, काठमाडौंको साझेदारीमा प्रदान गरिने छात्रावृत्तिका लागि आवेदन माग ग रिएको छ ।

मन्त्रालय र बूढानीलकण्ठ स्कुल, काठमाडौँ तथा साझेदारी कार्यक्रममा सहभागी विद्यालयहरूमा विपन्न समुदायका जेहेनदार बालबालिकाहरूलाई छात्रवृत्ति कार्यक्रमअन्तर्गत आवासीय रूपमा निःशुल्क वा सहलियत शुल्कमा कक्षा ५ देखि अध्ययनका लागि वि।सं। २०६६ वा २०६७ सालमा जन्म भई कम्तीमा २ वर्ष अगाडिदेखि स्थानीय सामुदायिक विद्यालयमा नियमित रूपमा अध्ययन गरेका बालबालिकाबाट आवेदन माग गरेको हो ।

शैक्षिक सत्र २०७६ मा कक्षा ४ अध्ययन गरेका छात्र(छात्रामध्ये विभिन्न भौगोलिक क्षेत्र तथा लक्षित समुदायसमेतको प्रतिनिधित्व हुने गरी खुला प्रतियोगिताबाट विद्यार्थी छनोट गरी निशुल्क वा सहुलीयत शुल्कमा विद्यालयले पठनपाठन गराउँदै आएको छ ।

छात्तवृत्तिमा परीक्षा २०७६ चैत्र २६ गते बुधवार, बिहान ११ बजे लिखित परीक्षा संचालन गर्ने भएको छ ।

परीक्षाको पाठ्यक्रम स् कक्षा ३ र ४ को नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक शिक्षा र सामान्य ज्ञान ९४० प्रतिशत वस्तुगत र ६० प्रतिशत विषयगत० सोद्ने छ ।

इलाम, इटहरी, हिले, ओखलढुङ्गा, लाहान, बर्दिवास, पथलैया, मन्थली, दोलालघाट, काठमाडौँ ९बूढानीलकण्ठ स्कुल०, भरतपुर, आँबुखैरेनी, पोखरा, पुतलीबजार ९ स्याङ्जा०, बेनी, बुटवल, तम्घास, घोराही, कोहलपुर, चौरजहारी, वीरेन्द्रनगर, जुम्ला, दुनै, अत्तरिया, साँफेबगर र डडेल्धुरामा परीक्षा केन्द्र रहेका छन् ।

बूढानीलकण्ठ स्कुलका निमित्त, खुला सिट २०, आरक्षण सिट २०, लोपोन्मोख २, दलित ४, मस्लिम १, मधेसी ४, जनजाति  ५, पिछडिएको क्षेत्र, २ र द्वन्द्वपीडित ( २० जनालाई छात्तवृत्त प्रदान गर्दै आएको छ ।

सोही छात्तावृत्तिका लागि साझेदारी कार्यक्रम अन्तगर्तका साझेदारी स्कुलको निमित्त प्रत्येक जिल्लाबाट १ जना विद्यार्थी पर्ने गरी छनोट गर्दै आएको छ ।

 परीक्षार्थीले निम्न कागजातहरू पेस गर्नुपर्नेछ ।

(१) रीतपूर्वक भरेर तोकिएबमोजिम सिफारिस तथा प्रमाणित गराइएको दरखास्त । (२) विपन्नताको कारणसमेत खुलाई सम्बन्धित वडाकार्यालय वा स्थानीय तहले छात्रवृत्तिका

लागि प्रदान गरेको सिफारिस पत्र । (३) स्थानीय पञ्जिकाधिकारीले प्रदान गरेको विद्यार्थीको जन्म-दर्ता प्रमाणपत्रको प्रतिलिपि । (४) विद्यार्थीको संरक्षक बुवा आमा भए निजहरू दुवैको नेपाली नागरिकताको प्रमाणपत्रको

प्रतिलिपि वा अन्य व्यक्ति भए आधिकारिक निकायबाट विद्यार्थीसँगको नाता खुलाइएको प्रमाणपत्र र निजको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि । आरक्षित गरिएको स्थानमा उम्मेदवार हुन चाहने व्यक्तिले आफ्नो थर नेपाल सरकारले सार्वजनिक गरेको सूचीमा पर्ने भएमा सम्बन्धित समुदायको व्यक्ति भएको प्रमाणित हुने गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयवाट वा सम्बन्धित आधिकारिक निकाय । आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, राष्ट्रिय दलित आयोग वा गृह मन्त्रालय) को सिफारिस-पत्र पेस गर्नुपर्नेछ । पिछडिएको दुर्गम क्षेत्रका व्यक्तिले भने सम्बन्धित वडाकार्यालय वा स्थानीय तहबाट हालसम्म सोही स्थानमा स्थायी बसोवास रहेको र निज विद्यार्थीले स्थानीय सामुदायिक विद्यालयमा अध्ययन गरेको भनी खुलाइएको सिफारिस-पत्र1241

पेस गर्नुपर्नेछ। (६) हालसालै खिचेको दुवै कान देखिने पासपोर्ट साइजको २ प्रति फोटो। छात्रवृत्ति परीक्षाका लागि आवेदन फाराम www.bnks.edu.np वा www.doe.gov.np वा www.moe.gov.np बाट प्राप्त गर्न सकिनेछ ।

आवश्यक जानकारीका लागि

+2 School
Counseling
Bachelors Portal