एसईई चैत्र १७ गतेदेखि २९ गतेसम्म सञ्चालन गर्नेगरी कार्यतालिका सार्वजनिक (कार्यतालिकासहित)

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९, को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

२०७९ सालको माध्यामिक शिक्षा परीक्षा (नियमित,ग्रेडवृद्धि)को समय तालिका सार्वजनिक गरेको हो ।

बोर्डको माघ ११ को निर्णय अनुसार एसईई चैत्र १७ गतेदेखि २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने भएको छ । यसअघि बोर्डले चैत्र ९ गतेदेखि एसईई सञ्चालन गर्ने प्रस्ताव गरेको थियो भने, बोर्डले सार्वजनिक गरेको बार्षिक परीक्षा कार्यतालिका भन्दा एसईई एक हप्ता पछाडिबाट सञ्चालन हनेगरी तालिका सार्वजनिक भएको छ । 

परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार कार्यतालिका र बोर्डको प्रस्ताव अनुसार परीक्षा सञ्चालन गर्दा विचमा रामनवमी पर्ने र परीक्षा तालिका  लामो समय सम्म सञ्चालन गर्नु पर्ने भएकाले बोर्डले एक हप्ता पछिदेखि परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो।

Thuprai - Books and E-books