After SEE Portal

मावि तृतीय श्रेणीका शिक्षकको मर्यादा क्रम २२ औं स्थानमा (साप्ताहिक शैक्षिक गतिविधि चैत्र १०–१७)

Bridge Course

आईतबार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ स्वीकृत गरेको छ । 

विधेयकमा उल्लेख २२ औं मर्यादा स्थान मध्ये विश्वविद्यालयका प्राध्यापकको मर्यादा १७ औं स्थानमा राखिएको छ  । विश्वविद्यालयका सहप्राध्यापक र माध्यमिक तहको प्रथम श्रेणीका शिक्षकको मर्यादा क्रम १९ औं स्थानमा छ ।

विश्वविद्यालयका उपप्राध्यापक र द्वितीय श्रेणीको शिक्षकको मर्यादा क्रम २० औं तथा विश्वविद्यालयका सहायक प्राध्यापक र मावि तृतीय श्रेणीका शिक्षकको मर्यादा क्रम २२ औं स्थानमा  उल्लेख गरेको छ ।

डा. वेदुराम भुसालले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सभा समक्ष पेस गरेका थिए । विधेयकमाथि सांसदहरुले आफ्ना आफ्ना धारणा राखेका थिए । विधेयकमा छलफल सकिएपछि राष्ट्रिय सभा अध्यक्षले विधेयकको विपक्षमा कोही पनि नरहेकाले विधेयक संसदबाट सर्वसम्मतीले स्वीकृत भएको घोषणा गरे ।

५ बर्ष सेवा अवधि पुगेका शिक्षकलाई अन्तरविद्यालय  सरुवाका लागि निवेदन माग

दार्चुलाको दुहुँ गाउँपालिकाले विद्यालयमा ५ बर्ष सेवा अवधि पुगेका शिक्षकलाई अन्तरविद्यालय  सरुवाका लागि निवेदन  माग गरेको छ । १५ दिन भित्र पालिकाको  िशक्षा तथा खेलकुद शाखामा  निवेदन पेश गर्न सूचना जारी गरेको हो ।

दुहुँ गाउँपालिका शिक्षा नियमावली २०७६ पहिलो संशोधनको नियम ५७ मा उल्लेखित ु गाउँपालिका भित्र एउटै विद्यालयमा ५ बर्ष सेवा अवधि पुगेका शिक्षकहरूलाई अन्तरविद्यालय सरुवा गर्ने व्यवस्था बमोजिम निवेदन माग गरेको सूचनामा उल्लेख गरेको छ ।

शिक्षाको गुणस्तर सुधार, अनुभव तथा असल अभ्यासको आदानप्रदानका लागि एउटै विद्यालयमा ५ बर्ष सेवा अवधि पुगेका गाउँपालिका अन्तरगत सामुदायिक विद्यालयका स्थायी, करार र राहत पदमा कार्यरत शिक्षकहरूलाई  पालिका भित्रका सामुदायिक विद्यालयमा सरुवाका लागि विद्यालय व्यवस्थापन समितिको निर्णय सहित  निवेदन दिन सूचना जारी गरेको छ ।

नाथमको पचास वर्से यात्रा पुरा

होटल र पर्यटन  क्षेत्रमा काम गर्ने जनशक्तिलाई सिपमूलक तालिम प्रदान गरी दक्ष जनशक्ति  तथा स्वरोजार उत्पादन लक्ष्यका साथ स्थापना गरिएको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले आफ्नो ५० वर्से यात्रा पुरा गरेको छ ।

युएनडीपी र आइएलको सहयोगमा होटल र पर्यटन क्षेत्रमा कार्यरत जनशक्तिलाई ६ महिने र एक वर्षे तालिम प्रदान गर्दै आएको थियो ।

सोमबार नाथमले आफ्नो स्वर्ण महोत्सव बनाएको छ।

त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित यो संस्थाले स्नातकमा चार वर्षे बिएचएम कार्यक्रम संचालन गरिरहेको छ भने स्नातकोत्तर तहमा दुई वर्षे एमएचएम कार्यक्रम सञ्चालनमा रहेका छन् ।

नाथमले आफ्नो पाँच दशको अवधिमा ६० हजार जनशक्ति उत्पादन गरिसकेको र ९५ प्रतिशत जनशक्ति स्वदेश तथा विदेशमा रोजगारमै रहेको जानकारी दियो ।

सिप र शिक्षा दिने संस्था नाथम सरकारको  भए पनि  उचित प्रचारप्रसारको अभावमाओझेलमा परेको छ। स्रोत र साधनको अभावका कारण प्रदेशगत  रुपमा विस्तार हुन सकेको छैन। प्रतिष्ठान अझै पनि गठन आदेशबाटै  नै चल्दै आएको छ । ऐन बन्न सकेको छैन । हाल संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत सञ्चालित नाथमले प्रदेशमा शाखा विस्तार गर्ने भनिए पनि गर्न नसकेको जनाएको छ ।

नाथमका उत्पादित जनशक्तिले स्वदेश तथा विदेशमा राम्रो रोजगारीको अवसर पाउन थालेका छन् । नाथमबाट तालिम लिएर विदेश गएका जनशक्तिले कमाइ पनि राम्रो गर्न थालेको नाथमका कार्यकारी निर्देशक राजेश उप्रेतीले बताए ।

निर्देशक उप्रेतीका अनुसार मलेसिया, इन्डोनेसिया, बराइन र फ्रान्स लगायतका देशमा  विद्यार्थी इन्टर्नसिप गर्न जाने अवसर पाउन थालेका छन् । चालु शैक्षिक सत्रमा २४ जना विद्यार्थी फ्रान्समा इन्टर्नसिप गर्न भिसा लिइसकेका छन् ।

शिक्षामन्त्रालयमा नयाँ अनुहार

सत्ता गठबन्धन बदलिएसँगै ५५ दिन देखि खाली रहेको शिक्षा, विज्ञान तथा प्रविधि  मन्त्रालयमा नयाँ अनुहारका मन्त्री आएका छन् । जनता समाजवादी पार्टिका संघीय परिषद् अध्यक्ष अशोककुमार राई शिक्षा मन्त्री भएका हुन् ।

माध्यमिक शिक्षा परीक्षा एसईईको  पहिलो दिन धनुषाको एक परीक्षा केन्द्रमा नेपाली विषयको प्रश्नपत्र पुगेको छ । अंग्रेजी विषयको परीक्षा हुने दिन नेपाली विषयको प्रश्नपत्र पुगेपछि एक घण्टा ढिलो गरी परीक्षा सुरु भएको छ।

यसवर्षका लागि परीक्षामा सहभागि हुन २०७८ मा कक्षा नौ मा रजिस्ट्रेशन फारम भर्ने विद्यार्थी पाँच लाख १६ हजार ५९१ जना रहे पनि कक्षा १० एसईईसम्म भने  कूल चार लाख ८४ हजार २२७ जनाले फारम भरेका थिए ।

कक्षा नौबाट १० मा आउँदा ३२ हजार ३६४ विद्यार्थी घटेको जानकारी दिए ।  परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशमा एक लाख छ हजार नौ सय ५९ विद्यार्थी र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार तीन सय २९ परीक्षार्थी सहभागी हुँदैछन् ।

इन्जिनियरको लाइसेन्स परीक्षामा ५६५ जना मात्र पास भएका छन् । इन्जिनियरिङ काउन्सिलले पहिलो पटक दुई दिन लगाएर चैत्र १२ र १३ गते लिइएको इन्जिनियर व्यवसायी दर्ता परीक्षामा २ हजार ६ जनाले आवेदन दिएका थिए । भने १ हजार ९८१ जना मात्र परीक्षामा सहभागी भएका थिए ।

 

A Levels MA