After SEE Portal

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा राई नियुक्ति

Bridge Course

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन  गर्दा जनता समाजवादी पार्टी (जसपा) को अंशमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय परेको छ । 

जसपाबाट अशोक राईले आज शिक्षा मन्त्रीका रुपमा तीन बजे शपथ लिँदैछन् । 

को हुन अशोक राई 

खोटाङको किसान परिवारमा जन्मेका राईले धराननको हात्तिशार क्याम्पसबाट २०३१ सालमा आइटेक उत्तीर्ण गरेका हुन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय उनले २०४८ पछि राजनीति शास्त्रमा स्नातक गरेको उनका निटक स्रोतले जानकारी दियो ।

उनले पुष्पलाल समूहबाट राजनीति थालेका हुन् । तत्कालीन कोर्डिनिसेन केन्द्रका नेता अमृत बोहराबाट २०३३ सालमा उनले पार्टी सदस्यता लिएका थिए । २०३३ कोर्डिनेसन केन्द्रबाट पार्टी सदस्य,  २०३६ मालेको पूर्वीक्षेत्रीय ब्युरो उपसचिव , २०४६ माले केन्द्रीय सदस्य,  २०५४ एमाले विभाजनपछि वामदेव गौतमसँगै माले,  २०५८ वामदेव गौतमसँगै एमालेसँग एकता, २०५९ एमाले स्थायी समिति सदस्य, २०६५ एमाले उपाध्यक्ष, २०६९ एमाले छाडी संघीय समाजवादी पार्टी गठन,  २०७२ उपेन्द्र यादव नेतृत्वको फोरमसँग एकता गरी वरिष्ठ नेता बनेर काम गरेका हुन् । २०७६ वैशाख  समाजवादी पार्टीको वरिष्ठ नेता तत्कालीन माले नेता मदन भण्डारीसँग उनले १० वर्ष एउटै कमिटीमा काम गरे । मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकार (२०५१) मा उनी यातायातमन्त्री थिए । २०५३ मा लोकेन्द्रबहादुर चन्दको प्रधानमन्त्रीकालमा संसदीय व्यवस्थामन्त्री र २०६१ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री भए का थिए। 

A Levels MA