After SEE Portal

धनुषामा एक केन्द्रमा नेपालीको प्रश्नपत्र पुग्यो, अर्कोका निरीक्षण नियन्त्रणमा

Bridge Course

माध्यमिक शिक्षा परीक्षा (एसईई) को आज पहिलो दिन धनुषाको एक् परीक्षा केन्द्रमा नेपाली विषयको प्रश्नपत्र पुगेको छ । अंग्रेजी विषयको परीक्षा हुने दिन नेपाली विषयको प्रश्नपत्र पुगेपछि एक घण्टा ढिलो गरी परीक्षा सुरु भएको छ।

औरही गाउँपालिकाको चक्कर मावि परीक्षा केन्द्रमा अर्कै विषयको प्रश्नपत्र पुगेपछि एक घण्टा ढिलो परीक्षा सुरु भएको हो।

जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख युक्त शर्माका अनुसार फरक प्रश्नपत्र पुगेपछि ढिला गरी परीक्षा सुरु गर्नु परेको बताए। ‘अर्को प्रश्नपत्र पुर्याउन ढिला भयो, त्यसैले परीक्षा एक घण्टापछि सुरु गर्नुपर्यो,’ उनले भने, ‘त्यहाँ मुचुल्का गरेर परीक्षा सञ्चालनमा ल्याइयो ।’

निरीक्षण नियन्त्रणमा

धनुषाकै लक्ष्मिनीयाँ गाउँपालिका सपहीस्थित वपी कोइराला माविका परीक्षा निरीक्षक नागेन्द्र यादव पक्राउ परेका छन् ।

विद्यार्थीलाई चिट चोराएको फेला परेपछि यादवलाई पक्राउ गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए। यादव जनता आधारभूत माध्यमिक विद्यालय बनिगा लक्ष्मिनीयाँका शिक्षक हुन्। उनलाई निरीक्षकको रूपमा वपी कोइराला माविमा खटाइएको थियो।

यादवले मोबाइल प्रयोग गरी प्रश्नपत्रको तस्बिर बाहिर पठाएका थिए। त्यसपछि बाहिरबाट उनको मोबाइलमै उत्तर पठाएको र सो उत्तर विद्यार्थीलाई सार्न दिएकाले पक्राउ गरेर अनुसन्धान सुरु गरिएको स्थानीय प्रहरीले जानकारी दियो ।

A Levels MA
Thuprai - Books and E-books