After SEE Portal

अब कक्षा १० र १२ मा विषय कोड एउटै

Bridge Course

कक्षा ९\१० र कक्षा ११\१२ को वार्षिक परीक्षामा विषय कोड एउटै कायम हुने भएको छ । हाल एउटै विषयको पनि कक्षा ९\१० मा एउटा र कक्षा ११\१२ मा अर्काे कोड रहने गरेको थियो ।

राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले भने, “अब हरेक विषयमा चार अङ्कको कोड रहनेछ । उदाहरणको रुपमा अनिवार्य नेपाली विषयको कोड कक्षा १० मा र कक्षा १२ मा एउटै हुनेछ । एकरुपताले विषय कोड सम्झन सजिलो हुन्छ ।”

साधारण, संस्कृत लगायत धारतर्फ अनिवार्य १५ वटा विषय छन् भने ऐच्छिक विषय ५० भन्दा बढी छ । सबै विषयमा हाल तीन वटा कोड दिने चलन छ । कक्षा १० मा उल्लेखित कोड र उही विषयको कक्षा १२ मा मिल्दैन ।

एनले अब चार अङ्कको विषय कोड हुने बताए । उनका अनुसार पछाडिको ‘१’ अङ्कले सैद्धान्तिक र ‘२’ अङ्कले प्रयोगात्मक विषयको कोडलाई जनाउँछ । हरेक विषयको पछाडि १ वा २ अनिवार्य रहनेछ । हाल अनिवार्य विषयका कोड १०१ बाट सुरु छ ।  

हाल एसईईमा विषय कोड १०१ ले अनिवार्य अङ्ग्रेजी विषयलाई जनाउँछ भने अब सोही कोडले कक्षा १२ को अनिवार्य अङ्ग्रेजीलाई जनाउनेछ । त्यस्तै अनिवार्य नेपालीको कोड १०६, अनिवार्य गणितको कोड १०९, अनिवार्य विज्ञानको कोड १११, सामाजिक अध्ययनको कोड १२३, अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा विषयको कोड १३३ आदि छ । नयाँ व्यवस्थाअनुसार अब एसईईमा अनिवार्य अङ्ग्रेजी विषयको कोड १०१–१ वा १०१–२ कायम हुनेछ । लिखित परीक्षामा १०१–१ उल्लेख हुनेछ ।

परीक्षा नियन्त्रक श्रेष्ठले यसै कारण कक्षा ९ को रजिष्ट्रेसन खुला हुन नसकेको बताउँदै भने, “विषय कोड टुङ्गिएको छ । अब छिटै कक्षा ९ मा रजिष्ट्रेसन खुला गरिनेछ ।” विगतमा कक्षा ९ को रजिष्ट्रेसन कात्तिक महिनामा खुला गर्ने चलन रहँदै आएको थियो ।

विद्यालय कोड पनि एउटै

अबदेखि देशभरिका विद्यालयको कोड एउटै कायम हुने भएको छ । हालसम्म कक्षा १० सम्म सञ्चालित विद्यालयको एउटा र कक्षा १२ सम्म सञ्चालित विद्यालयको अर्काे कोड कायम गरिँदै आएको थियो । कक्षा १० सम्मका विद्यालयलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले र कक्षा १२ का विद्यालयको राष्ट्रिय परीक्षा बोर्डले कोड कायम गर्ने अभ्यास रहँदा दोहोरो कोड कायम गर्ने चलन रहेको हो । 

परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले केन्द्र र बोर्डबीच यस विषयमा सैद्धान्तिक सहमति भएको जानकारी दिँदै भने, “यसले गर्दा एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (इमिस) मा पनि समान विद्यालय कोड रहने हुन्छ ।” 

A Levels MA
Thuprai - Books and E-books