After SEE Portal

शैक्षिक सत्र सञ्चालनका लागि विकल्प खोज्दै मन्त्रालय

Bridge Course

महामारीका कारण अवरुद्ध भएको शैक्षिक सत्रलाई नयाँ सिराबाट सुरु गर्न मन्त्रालयले गृहकाय थालेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सञ्जय शर्माले बताए ।

सामुदायिक विद्यालय शिक्षा सुधार समाज नेपाल, वागमती प्रदेशले आज आयोजना गरेको शैक्षिक सत्र २०७७ कार्यान्वयनको अपरिहार्यता विषयकअन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव शर्माले सम्पूर्ण पाठ्यक्रमलाई समेट्न नसकिने भएपछि न्यूनतम सिकाइलाई सुनिश्चित गर्दै शैक्षिक सत्रलाई संकुचित गर्ने तयारी भइरहेको जानकारी दिए ।

पाठ्यक्रम समायोजन, मूल्यांकन विधि परिवर्तन र सिकाइ विधिमा सुधार सहितको विकल्पको खोजीमा मन्त्रालय जुटेको उनले सो कार्यक्रममा धारणा व्यक्त गरे ।

‘२०५ दिनको सिकाइ समय असोज देखि शैक्षिक सत्र शुरु गर्दा ४६ कार्य दिन र कार्तिक देखि शुरु गर्दा ६० कार्यदिन अभाव हुने देखियो ।’ उनले भने, ‘विद्यार्थीको डेढसय देखि अढाइ सय क्रेडिट आवर गुम्ने निश्चित भयो ।’ पाठ्यक्रम समायोजनका लागि पाठ्यक्रम विकास केन्द्रले तयारी गरिरहेको उनले जानकारी दिए ।

सानाकक्षाका विद्यार्थीलाई मानसिक असर हुने भएपनि पाठ्यक्रमका हिसावले धेरै असर ठूला कक्षाका विद्यार्थीलाई हुने भएकाले विशेष गरी १० कक्षाका विद्यार्थीका लागि विशेष प्रवन्ध गर्ने बारे पनि गृहकार्य भइरहेको उनले जानकारी दिए ।

तत्काल विद्यालय सञ्चालन गर्न नसक्दा धेरै बालबालिका विद्यालय नफर्कने प्राडा मनप्रसाद वाग्ले बताए । सार्वजनिक विद्यालयलाई चौतर्फी आलोचना भइरहेको वर्तमान अवस्थामा ५०० भन्दा बढी विद्यालयले गरेको अभ्यासलाई अनुकरण गर्नुपर्ने उनले बताए । सरकारले तत्काल पोलिसी बनाइ स्थानीय सरकारलाई परिचालन गरी केन्द्रीकरण छाडी स्थानीय तहलाई अधिकार प्रदान गरी विद्यालय तथा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्ने प्राडा वाग्लेले बताए । ‘शिक्षा मन्त्रालयले अहिलेसम्म वैकल्पिक शिक्षाको अवस्थाको अध्ययन गर्न सकेको छैन् ।’ प्राडा वाग्लेले भने, ‘शैक्षिकसत्र क्षति हुन नदिन भाषिक सिप, गणितीय सिप र अन्य सिपलाई पाठ्यक्रमबाट समायोजन गरी अगाडि बढ्नुपर्छ । यसको जिम्मेवारी सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई जिम्मेबारी दिइनुपर्छ ।’

सो कार्यक्रममा बोल्दै प्राडा बालचन्द्र लुइटेलले शिक्षामा आपत्तकालीन अवस्था सम्बन्धित धारणको उपयोग गरेर विद्यालय सञ्चालन गर्नु पर्ने धारणा व्यक्त गरे । ‘युद्ध, महामारी लगायत विभिन्न अवस्थामा शिक्षाको यो सिद्धान्त कार्यान्वयन गरिन्छ, सामान्य अवस्थामा तयार गरिएका नीति नियमले आपतकालीन अवस्थामा काम नगर्ने हुँदा यो एप्रोच सही हुने’ प्राडा लुइटेलले सुझाए ।

नेपाल खुला विश्वविद्यालयका उपकुलपतिप्राडा लेखनाथ शर्माले परिवर्तन गर्न नचाहाने र नजान्ने विचको द्वन्द्दले मात्र शैक्षिक सत्र क्षति हुने धारणा व्यक्त गरे । कोभिड १९ नियन्त्रण हुने समय कहिले भन्ने स्पष्ट नभएका कारण तत्कात परिवेश अनुकूल व्यवस्थापन गरी शैक्षिक सत्र सुरु गर्नुपर्ने उनले सुझाए ।

वर्तमान अवस्थामा सम्पूर्ण शिक्षाको व्यवस्थापनका लागि मन्त्रालय नै अन्योलमा परेर लटरपटर जवाफमात्र दिने गरेको राष्ट्रिय सभाका सांसद् कोमल वलीले बताइन् ।

पोषण युक्त खानाबाट लाखौं विद्यार्थी बञ्चित हुनुका साथै करोडौं छात्रा विद्यालय नफर्कने विभिन्न अध्यननले देखाएको समाजका  महासचिव राजेन्द्र महराले बताए । 

सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि देश भित्रका राम्रा र असल अभ्यासलाई सम्वद्र्धन, प्रवद्र्धन तथा उचित प्रचारप्रसार गरी अन्य विद्यालयले अनुकरण गर्नु पर्ने समाजका अध्यक्ष भीम प्रसाद पोखरेलले बताए । बताए ।

A Levels MA
Thuprai - Books and E-books