After SEE Portal

अंग्रेजीमा धेरैको नन ग्रेड, ग्रेडवृद्धि परीक्षा असोज ६ र ७ गते हुने

Bridge Course

राष्ट्रिय परीक्षा बोर्डले  आज प्रकाशन गरेको कक्षा १२ को  नतिजामा अंग्रेजी विषयमा ननग्रेड (एनजी) ल्याउने विद्यार्थी धेरै रहेका छन् ।

बोर्डका  सदस्य सचिव दुर्गा अर्यालका अनुसार अंग्रेजी विषयमा १ लाख ९ हजार ५२७ जना ननग्रेड भएका छन् । दुई विषयसम्म नन ग्रेड ल्याएका १ लाख २३ हजार ३९६ जना छन् । दोस्रोमा लेखा विषयमा ५२ हजार ७३ त्यस्तै सामाजिक शिक्षा तथा जीवनोपयोगी विषयमा  ५१  हजार  १०४  जना,  अनिवार्य  नेपालीमा  ३८  हजार  ४५२  जना  ननग्रेडेड  समूहमा परेका छन् । एक विषयमा मात्र एनजी आउनेको संख्या भने ७९ हजार ५८४ जना रहेका छन् । कुल एक लाख ८९ हजार ७१ विद्यार्थी उत्तीर्ण भएका छन् । एक लाख ८२ हजार ९२६ जना विद्यार्थीले कुनै ग्रेड प्राप्त गर्न सकेनन् । सो परीक्षामा नियमिततर्फ ३ लाख ७२ हजार ६३७ जना, आंशिकतर्फ ६० हजार ९५९, ग्रेडवृद्धितर्फ १४ हजार १३५ र २०७२–७३ को आंशिकतर्फ ११०६ जना सहभागी भएका थिए । करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भएका छन् । त्यस्तै ४९.०९ प्रतिशत भने नन ग्रेड ल्याएका छन् ।  जसमध्ये नियमिततर्फ एक लाख ८९ हजार सात सय ११, आंशिकतर्फ १८ हजार ३०, ग्रेडवृद्धितर्फ ६ हजार एक सय ४० र २०७२-७३ को ग्रेडवृद्धितर्फ ६ सय ५० जना ग्रेडेड प्राप्त अर्थात् उत्तीर्ण भएका छन् ।

जिपिए ३.६१ देखि ४ ल्याउने विद्यार्थीको सङ्ख्या छ हजार ९७६ छन् । त्यसैगरी, ३.२१ देखि ३.६० सम्म ल्याउने विद्यार्थीको सङ्ख्या ३८ हजार ९९९ छन् । त्यस्तै, २.८१ देखि ३.२० ल्याउने परीक्षार्थीको सङ्ख्या ६९ हजार १७४ छ । यसैगरी, जीपीए २.४१ देखि २.८० ल्याउने विद्यार्थीको सङ्ख्या ६३ हजार ७७ छ भने २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ११ हजार चार सय ३८ रहेको छ । यस्तै, १.६१ देखि २ सम्म जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ४७ रहेको छ । 

 

सैद्धान्तिक र प्रयोगात्मक दुवै खण्डमा न्यूनतम ३५  प्रतिशत  अङ्क  ल्याउने  परीक्षार्थीलाई  मात्र  सफल अर्थात् ग्रेडेड समूहमा राखिन्छ । दुवै खण्डमा ३५ प्रतिशत अङ्क ल्याउन नसक्ने परीक्षार्थीलाई असफल अर्थात् ननग्रेडेड भएको मानिन्छ । 

ग्रेड वृद्धि परीक्षा असोज ६–७ मा

बोर्डले ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गते सञलन गर्ने भएको छ ।  नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय ५ सय रुपियाँ तिरेर नतिजा पुनर्योग गराउन सक्ने बोर्डले  जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

 त्यसमा पनि चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न र पुन परीक्षण गराउन पनि सक्ने परीक्षा सचिव अर्यालले जानकारी दिए ।

पुन परीक्षण गराउँदा पहिले परीक्षण गरेका भन्दा नयाँ ३ जना परीक्षकबाट जाँच गराउने र तीन जनाले दिएको नम्बरको औसत निकाल्ने गरिन्छ । यसरी आएको प्राप्तांक पहिलेको भन्दा १० प्रतिशत कम वा बढी भएमा पहिलेकै अंक कायम हुनेछ । १० प्रतिशत भन्दा बढी कम वा बढी भएमा नयाँ अंक कायम हुनेछ ।

A Levels MA