After SEE Portal

संक्रमणविरुद्धको लडाई जितौं, परीक्षा र पठनपाठन त भइहाल्छ नी

Bridge Course

बन्दाबन्दीको अवस्थामा मैले सरोकारवालाहरुसंग अनलाइन बैठक गरेको छु ।संकटको सन्दर्भमा जहाँ जहाँ विपत परेको छ ती स्थानमा विश्वविद्यालयहरुले प्राविधिक जनशक्ति परिचालन गरेका छन् । 

गत ५ चैत २०७६ मा कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सकिएको थियो । केहि विद्यालयहरुले वार्षिक परीक्षा समेत सम्पन्न नगरेको पनि खवर पाइयो । हामीले स्थानीय तह र विद्यालयहरुलाई वार्षिक परीक्षा गराउनुस भनेका पनि छौं ।

बन्दाबन्दी सकिएको एक हप्ता भित्र नतिजा

बन्दाबन्दी सकिएको एक हप्ता भित्र नतिजा निकाल्नुपर्छ । त्यसको अर्को हप्तामा विद्यार्थीहरुको कक्षा चढाउने प्रकृयालाई अगाडि बढाउनुपर्छ । भौतिक दुरी कायम गर्ने र स्वास्थ्य मन्त्रालयको निर्देशनलाई कडाईका साथ कार्यान्वयन गर्नुपर्ने देखिन्छ । मन्त्रालयले पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश शाहको संयोजकत्वको उच्चस्तरीय समिति मातहतका विषयगत कार्यसमूहले दिएको सुझावलाई मन्त्रालयले र समितिले अध्ययन गरिरहेको छ ।

अन्तिममा खुल्ने शैक्षिक संस्था नै हो 

कक्षा १०, ११ र १२ को परीक्षा सन्दर्भमा प्राध्यापक डा. चन्द्रमणी पौडेलको संयोजकत्वमा एउटा समिति गठन गरिएको थियो । विज्ञहरुका सुझावलाई ध्यान दिदैं हामी अघि बढ्छौं ।

बन्दा बन्दी खुलेपनि अन्तिममा खुल्ने भनेको शैक्षिक संस्था हो । यो पक्षमा हामी सबैले ध्यान दिनुपर्छ । किन भने यसमा विद्यार्थीको बाक्लो उपस्थिति हुन्छ । फेस टु फेस पठनपाठन गर्नुपर्ने हुन्छ । अहिलेको बेला एकै ठाउँ जम्मा भएर बस्ने स्थिति छैन । 

बन्दा बन्दी खुलेपनि अन्तिममा खुल्ने भनेको शैक्षिक संस्था हो । यो पक्षमा हामी सबैले ध्यान दिनुपर्छ । किन भने यसमा विद्यार्थीको बाक्लो उपस्थिति हुन्छ । फेस टु फेस पठनपाठन गर्नुपर्ने हुन्छ ।

म परीक्षाको पक्षमा नै छु

कोरोना भाइरस जोखिमकै विचमै काम गर्नुपर्ने अवस्था छ । अझ के भनिदैंछ भने जाडोको बेला यो नयाँ ढंगले समस्या आउने भनेर वैज्ञानिकहरुले भनिराख्नु भएको छ । संक्रमण विरुद्धको लडाईमा हामी छौं । सवैले साथ दिनुपर्छ यो लडाईमा । सकेसम्म म परीक्षाको पक्षमा नै छु  । बदलिएको स्थितिमा नयाँ केन्द्रहरु बनाएर घरको खाना खाएर परीक्षा दिनसक्ने वातावरण बनाउन नयाँ ढंगले सोच्नुंस भनेर पनि भनिएको छ ।

२५० शैक्षिक संस्था क्वारेन्टाईन

दुई सय ५० बढी शैक्षिक संस्था क्वारेन्टाईन बनेका छन् । कतिपय विश्वविद्यालयका कलेजहरुपनि क्वारेन्टाइन बनेका छन् । एक लाख ९ हजार नागरिक विदेशबाट फर्किनु भएको छ । द्रुत परीक्षण भइरहेको छ । हाम्रो स्थिति मात्रै हेरेर हुँदैन, भारतको स्थिति पनि  हेर्नुपर्छ । सीमाहरु शिल भएका छन् । संकट थपिदैं गयो भने स्थिति सामान्यकरण भएको तेस्रो हप्तामा परीक्षा गराउन सक्छौं । 

अब अहिले काठमाडौंको स्थिति भिन्नै छ । प्रदेशहरुको स्थिति पनि भिन्नै छ । विद्यार्थीहरु घर घर गइसक्नुभएको छ । कक्षा १२ विद्यालय शिक्षाको अन्तिम हो, यो परीक्षा नगरेर हुँदैन । कक्षा १० र ११ को सन्दर्भमा सुझावहरु प्राप्त भएका छन् । हामी कहाँ परीक्षामुखी चिन्तन छ । अभिभावकहरु पनि कहिले आफ्ना छोराछोरीको परीक्षा होला भन्ने चिन्तामा हुनुहुन्छ । सकेसम्म म पनी परीक्षा गराउने पक्षमा नै छु । 

कक्षा १२ विद्यालय शिक्षाको अन्तिम हो, यो परीक्षा नगरेर हुँदैन । कक्षा १० र ११ को सन्दर्भमा सुझावहरु प्राप्त भएका छन् । हामी कहाँ परीक्षामुखी चिन्तन छ । अभिभावकहरु पनि कहिले आफ्ना छोराछोरीको परीक्षा होला भन्ने चिन्तामा हुनुहुन्छ । सकेसम्म म पनी परीक्षा गराउने पक्षमा नै छु । 

दशै अगाडिसम्म शैक्षिकसत्र सुरु हुनैपर्छ

 दशै अगाडिसम्म शैक्षिक सत्र प्रारम्भ गर्न सक्यौ भने शैक्षिक सत्र विथोलिदैंन । जाडो र गर्मीको बिदा मिलाएर र चाडपर्वको बिदा छोट्याएर अघि बढ्न सकिन्छ ।अतिरिक्त कक्षा सञ्चालन गरी न्यूनतम सिकाई सुनिश्चित गर्ने दिशामा हामी जान्छौं । 

तालिका भत्कियो

सामान्यतया २ वैशाखदेखि भर्ना सुरु हुने । १४ बैशाखसम्म भर्नाको समय हो ।  बैशाख अन्तिमसम्म पढाइ सुरु हुने हो । विपतको कारणले तालिका भत्किएको छ । यो बेला नयाँ पद्दति पक्रेर जाने कुरामा हामी सबैले सोंच्नुपर्छ ।

शिक्षा पत्रकारहरुसंगको छलफलमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले व्यक्त विचार 

A Levels MA