After SEE Portal

सिकाइ निरन्तरता कार्यक्रमको शुभारम्भ

Bridge Course

शिक्षासंग सरोकारवाला विभिन्न संघ संस्थाले तयार गरेको सिकाइ निरन्तरता अभियानको आजदेखि विधिवत सुरुवात गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका शिक्षा सचिव गोपीनाथ मैनालीले आज सो कार्यक्रमको भर्चुअल कार्यक्रम मार्फत् विधिवत सुरुवात गरेका हुन् ।

शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र, युनिसेफ नेपाल, शिक्षक महासंघ नेपाल र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको संयुक्त प्रयासमा सो अभियानको थालनी गरिएको हो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक वैकुण्ठप्रसाद अर्यालले केन्द्रको सहजीकरणमा सञ्चालन भएको यो कार्यक्रम सरकारले थालनी गरेको सिकाइ अभियानलाई अझ सुक्ष्म तरिकाले कार्यान्वयनमा सघाउ पुर्याउने विश्वास व्यक्त गरे ।

कोभिड १९ महामारीका कारण नेपालका विद्यालयहरू बन्द भए परिणामस्वरूप,  नेपालका लाखौँ बालबालिकाको शिक्षा र भविष्य जोखिममा परेको छ। विद्यालयहरूको पुनः सञ्चालन प्राथमिकतामा रहेतापनि धेरै क्षेत्रमा लगातार फैलिरहेको महामारी संक्रमणको जोखिमका कारण, यसका  निम्ति योजना बनाउने, कार्यान्वयन गर्ने र अनुगमन गर्ने काम अझै पनि चुनौतीपूर्ण  काम गर्न सहयोग गर्ने उद्देश्यले यो कार्यक्रमको थालनी गरिएको कार्यक्रमका सञ्चालक तथा नेपाल शिक्ष्ँक महासंघका उपाध्यक्ष तिलक कुवँरले बताए । 

बालबालिकाको  शिक्षामा  पहुँच स्थापित गर्ने उद्देश्यले  सिकाइ निरन्तरतामा स्थानीय सरकारहरूले अग्रणी भूमिका लिन सक्ने क्षमता विकास गर्न नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रादेशिक र स्थानीय सरकारहरू तथा साझेदारहरूसँग मिलेर काम गरिरहेको  अवस्थालाई निरन्तरता दिन यो कार्यक्रम्को थालनी गरिएको आयोजक संस्थाका  प्रतिनिधि दीपु शाक्यले जानकारी दिए ।  ।

विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्य योजना, २०७७ र विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ लाई समर्थन गर्दै भर्खरै सुरू गरिएको सिकाइ निरन्तरता अभियानले टेलिफोन,  एसएमएस जस्ता कम प्रविधि र प्रिन्ट सामग्रीजस्ता बिना प्रविधिका माध्यमहरू सहित अन्य केही वैकल्पिक शिक्षाका ढाँचाहरूलाई प्रवर्धन गर्न खोजेको  उनले जानकारी दिए  ।

 

A Levels MA
Thuprai - Books and E-books