After SEE Portal

कक्षा ११ र १२ का पुराना विद्यार्थीलाई अन्तिम अवसर

Bridge Course

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षामा २०६५ देखि २०७१ सम्म अनुत्तीर्ण भएका परीक्षार्थीका लागि अन्तिम अवसर प्रदान गरेको छ । 

बोर्डले आंशिक परीक्षार्थीको रुपमा सहभागी हुन आवेदन फाराम भर्न सक्ने जनाएको छ । बोर्डको यही माघ ७ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले उत्तीर्ण हुनुपर्ने अवधि पाँच वर्षको हुने हुँदा २०६५ देखि २०७१ सम्मका परीक्षार्थीलाई अन्तिमपटकका लागि अवसर दिइएको बताए

माघ १५ गतेसम्म परीक्षा फारमको म्याद तोकिएको छ । सबै विषय अनुत्तीर्ण विद्यार्थी पनि परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ । पनिकाले यस्ता विद्यार्थी करिव ३० हजार हुनसक्ने जनाएकाे छ ।

A Levels MA
Thuprai - Books and E-books