SEE Result 2082

कक्षा ११ र १२ का आंशिक परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फाराम भर्ने /भराउने सम्बन्धी सूचना

नेपाल सरकार, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुर

कक्षा ११ र १२ का आंशिक परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फाराम भर्ने /भराउने सम्बन्धी सूचना

२०७७ साल बैशाख महिनामा संचालन गरिने कक्षा ११ र १२ को बार्षिक परीक्षामा आंशिक परीक्षार्थीको रुपमा सहभागी हुनका लागि रजिष्ट्रेशन नम्बरका शुरुका दुई अंक ७० र ७१ भएका परीक्षार्थीहरुले अन्तिम एक पटकका लागि परीक्षा आवेदन फाराम भर्न सक्ने व्यवस्था गरिएकोमा बोर्डको मिति २०७६/१०/०७ गतेको निर्णयानुसार रजिष्ट्रेशन नम्बरका शुरुका दुई अंक ६५ देखि ७१ सम्म भएका परीक्षार्थीहरुलाई अन्तिम एक पटकका लागि परीक्षा आवेदन फाराम भर्न पाउने व्यवस्था गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । बोर्डका सम्बन्धित कार्यालयहरुले समेत यसै सूचना अनुसार गर्नु गराउनुहुन अनुरोध छ ।

-परीक्षा नियन्त्रक (२०७६/१०/०७)

Tag:परीक्षा आवेदन फाराम
Bachelors Portal