After SEE Portal

काठमाडौं महानगरपालिकाले  शिक्षकलाई मासिक तलब प्रदान गर्ने

Bridge Course

काठमाडौं महानगरपालिकाले  शिक्षा क्षेत्रमा १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रुपियाँ बजेट विनियोजन गरेको छ ।

काठमाडौं महानगरपालिकाले प्रधानाध्यापकको मासिक भत्ता वृद्धि गर्ने घोषणा समेत बजेटमा  गरेको छ ।  यस अन्तर्गत ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रमका लागि रु. ५० करोड, यसैगरी सामुदायिक विद्यालय परिसरको सरसफाइ र सौन्दर्यीकरण गर्न रु.५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

सामुदायिक विद्यालयमा एक विद्यालय एक नर्स र एक विद्यालय एक सामाजिक सहजकर्ताको व्यवस्थापनका लागि बजेट विनियोजन गरेको छ ।

शिक्षकलाई मासिक तलब उपलब्ध गराउन ३० करोड रुपियाँको सोध भर्ना कोष खडा गर्ने भएको छ । महानगर भित्रका सामुदायिक विद्यालयका शिक्षकलाई मासिक तलब प्रदान गर्ने उद्देश्यले महानगरले कोष खडा गरेको हो ।

महानगरले आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सामुदायिक विद्यालयका शिक्षकको मासिक तलब भुक्तानी गर्न रु ३० करोडको सोध भर्ना कोष स्थापना गरेको जानकारी दिइन् ।

A Levels MA
Thuprai - Books and E-books