After SEE Portal

शैक्षिक सत्र २०७९ को विद्यार्थी भर्ना कार्यक्रम वैशाखमा सक्न निर्देशन

Bridge Course

‘सवै बालबालिका विद्यालय पठाऔंस शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौं’ भन्ने नाराका साथ शैक्षिक सत्र २०७९ को विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गरिने भएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र (प्रारम्भिक बालविकास शाखा) शैक्षिक सत्र २०७९ को विद्यार्थी भर्ना कार्यक्रम सवै स्थानीय तह र विद्यालयलाई शैक्षिक सत्र २०७९ को विद्यार्थी भर्ना वैशाख महिनामा नै सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

प्रत्येक स्थानीय तहको शिक्षा शाखाको एकजना कर्मचारीलाई सम्पर्क व्यक्ति तोकी सूचना, समन्वय र सहजीकरण गर्न लगाउने, स्थानीय एफएम रेडियो लगायत स्थानीय स्तरका सञ्चार माध्यमहरुवाट सकेसम्म स्थानीय भाषामा विद्यार्थी भर्ना सम्वन्धी सचेतानामूलक सूचना, विज्ञापन प्रसारणको व्यवस्था मिलाउन केन्द्रले निर्देशन दिएको छ ।

गैरसरकारी संस्थालाई विद्यालय बाहिर रहेका बालबालिका पहिचान गर्न लगाउने

केन्द्रले आज जारी गरेको सूचनामा, ‘स्थानीय स्तरमा क्रियाशील र शिक्षा क्षेत्रमा कार्यक्रम सञ्चालन गरिरहेका गैरसरकारी संस्थाहरुलाई विद्यालय बाहिर रहेका विद्यालय उमेर समूहका बालबालिका पहिचान तथा भर्ना गर्न प्रोत्साहित गर्ने कार्यमा परिचालन गर्ने’ उल्लेख गरिएको छ ।

अभिभावकविहीन बालबालिकाको अभिभावकत्व ग्रहण गरी भर्ना गराउने र त्यस्ता बालबालिकाहरुको पढाइमा निरन्तर सहयोग गर्न चाहनेहरुको उचित पहिचान र सम्मान गर्ने तथा अभिलेख राख्ने व्यवस्था गर्ने, आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक अध्ययन केन्द्रहरुलाई विद्यालय बाहिर रहेका बालबालिकाहरुको लगत संकलन, भर्नाको समय,स्थान र प्रक्रिया बारे प्रचार प्रसार, सञ्चार र समन्वय आदिमा परिचालन गर्न निर्देशन दिएको छ ।

भर्ना अभियानका कारण विद्यालयमा भर्ना भएका बालबालिकाको उमेरगत विवरणसहितको प्रतिवेदन सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईमा पठाउने, आफ्नो क्षेत्र भित्र विद्यालय उमेरका शतप्रतिशत बालबालिका समयमै विद्यालय भर्ना गराई भर्ना सकिए लगत्तै विद्यालयबाहिर बालबालिका नभएको स्वघोषणा गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिको बैठकबाट नै निर्णय गराई कार्यतालिकासहित विद्यार्थी भर्ना कार्यक्रम २०७९ बैशाख महिनामा नै सञ्चालन गर्ने, भर्ना हुन आउने बालबालिकालाई तत्काल भर्ना गरी स्वागत गने र निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने, विद्यार्थी भर्नाका लागि आफ्नो सेवाक्षेत्रभित्र व्यापक रुपमा प्रचार प्रसार र सूचना गर्ने सूचनामा उल्लेख छ ।

भर्नाका लागि सञ्चार माध्यम र विद्यार्थी परिचालन

सम्बन्धित निकायले नजिकको एफ।एम।रेडियो,सामाजिक सञ्जाल, स्थानीय मेला पर्व आदिलाई माध्यमको रुपमा प्रयोग गर्ने, शिक्षा शास्त्र विषयमा कक्षा ११ र १२ सञ्चालन भएका विद्यालयहरूले सो तहमा अध्ययनरत विद्यार्थीहरूलाई प्रयोगात्मक कार्यको रुपमा आफ्नो सेवा क्षेत्र भित्र विद्यालय रहेका बालबालिकाको लगत संकलन, विद्यालय बाहिर रहनुको कारण एवं समस्या पहिचान, विद्यालय भर्नाका लागि घरदैलो, सडक नाटक प्रदर्शन जस्ता क्रियाकलापमा परिचालन गर्न निर्देशन दिएको छ ।

 विद्यार्थी भर्ना एवं अभिभावकत्व ग्रहण गरी भर्ना गर्नेहरुको हकमा सो को समेत अभिलेख । व्यवस्थित रुपमा राख्ने र स्थानीय तहलाई संप्रेषण गर्ने, एक जना शिक्षकलाई विद्यार्थी भर्ना कार्यक्रमको सम्पर्क व्यक्ति तोकी सूचना, सम्पर्क र समन्वयको जिम्मेवारी दिन सूचनामार्फत् निर्देशन दिएको छ।

A Levels MA
Thuprai - Books and E-books