CMAT

भयभित र त्रसित नभइ एसईई दिन आग्रह

Bachelors Portal

Update: एसईई (माध्यमिक शिक्षा परीक्षा) स्थगित

इतिहासको विरासत बोकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) राष्ट्रिय परीक्षा बोर्डले विशेष परिस्थितिका बाबजुद भोलि देखि सञ्चालन गर्दै छ ।  विश्वमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको जोखिम तथा सन्त्रास बढिरहेको छ ।  विश्वका धरै देशमा यसको संक्रमण फैलिरहेको अवस्था रहेतापनि नेपालमा हालसम्म कोही कसैमा कोरोना भाइरसको संक्रमण नदेखिएको हुँदा अनावश्यक हल्ला र अफवाहको पछाडि नलागी भयभित र त्रसित नभइ परीक्षामा सहभागी हुन सम्पूर्ण विद्यार्थीलाई परीक्षा बोर्डले आग्रह गरेको छ ।

विद्यार्थीहरुलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहयता प्रदान गर्न सबै परीक्षा केन्द्रहरुमा परीक्षा अवधीभर हेल्थ डेस्क राख्ने प्रबन्धका लागि सम्बन्धित निकायमा अनुरोध गरिसकिएको हुनाले भयरहित वातावरणमा परीक्षा दिन बोर्डले परीक्षार्थीलाई आज एक विज्ञप्ति जारी गरी आग्रह गरेको हो

पर्याप्त सावधानी अपनाएर परीक्षा सञ्चालन हुन गइरहेकोले यो विषम परिस्थितिमा आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न विद्यार्थी, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, पर्यवेक्षक, कर्मचारी, शिक्षक, अभिभावक, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पत्रकार लगायत सम्पूर्ण सरोकारवालाहरु बोर्डले अनुरोध समेत गरेको छ ।

साथै, व्यक्तिगत सुरक्षाका तरीका अपनाउन र परीक्षा केन्द्र परिसरमा अनावश्यक भीडभाड नगर्न समेत सबैमा अनुरोध गर्दै बोर्डले परीक्षामा सहभागी हुने सम्पूर्ण परीक्षार्थीहरु, तीनका अभिभावकहरु र परीक्षा सञ्चालनको जिम्मेवारी वहन गर्नसमेत बोर्डले आग्रह गरेको छ ।

बोर्डले हरेक परीक्षा केन्द्रमा केन्द्राध्यक्षहरुले संक्रमणबाट बच्ने उपायहरु सूचनापाटीमा टाँस्ने, स्थानीय निकाय र स्थानीय स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरुसँग समन्वय गरी हेल्थ डेस्कको व्यवस्था गर्ने, परीक्षा हल एवं विद्यालय परिसर नियमित सफाइ गर्ने, शौचालयको उचित सफाइ कायम राख्ने साथै शौचालयमा साबुन पानीको उचित प्रबन्ध गर्ने, विद्यालय परिसरमा शान्ति कायम गरी परीक्षाको लागि मर्यादित वातावरण निर्माण गर्ने, केन्द्राध्यक्षलाई विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

भोलि चैत्र ६ गतेदेखि सुरु हुने सो परीक्षामा ४ लाख ८२ हजार ७ सय ७ जना परीक्षार्थीहरु सहभागी हुँदैछन् । जसमध्ये २ लाख ३९ हजार ९१ जना छात्र र २ लाख ४३ हजार ६ सय १६ जना छात्रा रहेका छन् ।

७७ वटै जिल्लाका १हजार ९९५ परीक्षा केन्द्रहरुमा बोर्डले परीक्षा सञ्चालनका सबै तयारी पुरा गरिसकेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

Thuprai - Books and E-books
I Tech store