After SEE Portal

सबैको रोजाइ अङ्ग्रेजी, अङ्ग्रेजीमा नै धेरै फेल (विषयगत नतिजा सहित)

Bridge Course

पछिल्ला दशक यता सामुदायिक विद्यालय, अभिभावक तथा विद्यार्थीको आकर्षणका रुपमा अङ्ग्रेजी भाषा पर्न थालेको छ । सामुदायिक विद्यालयले पनि गुणस्तर भनेको नै अङ्ग्रेजी भाषा हो भन्ने बुझाइका कारण धमाधम अङ्ग्रेजी भाषामा पढाउन थालेका छन् । तर माथिल्लो कक्षामा चढ्दै जाँदा सबैले रोजेको अङ्ग्रजी विषयमा धेरै विद्यार्थी फेल हुन थालेका छन् ।

गत मङ्सिरबाट लागू गरिएको लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा नयाँ पाठ्यक्रम कार्यान्वयनमा आएका तहमा न्यूनतम ३५ प्रतिशत नल्याउनेलाई अवर्गीकृतमा समावेश गर्ने व्यवस्था छ। निर्देशिकाले प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अंक र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अङ्क ल्याउनुपर्ने व्यवस्था छ । निर्देशिकाले तोकेको अङ्क भन्दा कम अङ्क ल्याउने विद्यार्थीको प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) लेखिने व्यवस्था छ । सोही व्यवस्था अनुसार राष्ट्रिय परीक्षा बोर्डले हिजो साझ सार्वजनिक गरेको कक्षा १२ को परीक्षामा अङ्ग्रेजी विषयमा एक लाख एक हजार ११३ जनाको अवर्गीकृत अर्थात् ननग्रेडेड ल्याएका छन् । नियमिततर्फ कुल ३ लाख ६३ हजार १ जना विद्यार्थी मध्ये .एक लाख एक हजार ११३ जना विद्यार्थी फेल भएका छन् ।

सबैको रोजाइमा परेको अङ्ग्रेजी भाषामा नै माथिल्लो कक्षा चढ्दै जाँदा फेल हुनेको संख्या बढी रहेको छ । प्रयोगात्मकको टेको टेकेर अघिल्ला वर्षमा नतिजा केही राम्रो देखिएको भए पनि यो वर्ष निर्देशिका अनुसार प्रयोगात्मक र सैद्धान्तिकमा फरक फरक मूल्याङ्कन गर्दा धेरै विद्यार्थी फेल भएका हुन् । सो नतिजा अनुसार अङ्ग्रेजीमा एक हजार ५६७ जनाले मात्र ए प्लस ल्याएका छन् । सौद्धान्तिकमा एक हजार ५६७ ले ए प्लस ल्याउँदा प्रयोगात्मकमा एक लाख ५३ हजार ९०७ जनाले ए प्लस ल्याएका छन् । त्यस्तै ए ग्रेड ल्याउनेमा सैद्धान्तिकमा २२ हजार ५३० जना रहेका छन् । भने सोही ग्रेड  सैद्धान्तिकमा एक लाख ४१ हजार ९०२ जनाले ए प्लस ल्याएका छन् । भने बी प्लस  सैद्धान्तिकमा ३८ हजार २८५ र सैद्धान्तिकमा ४२ हजार ३०९ जनाले ल्याएका छन् । त्यस्तै बी ल्याउने ५१ हजार ५० सैद्धान्तिकमा प्रयोगात्मकमा २५ हजार ४३३ जना रहेका छन् । त्यस्तै सैद्धान्तिकममा ४२ हजार ५०० जनाले ल्याएका छन् भने सो ग्रेड प्रयोगात्मकमा एक जनाले पनि डी ग्रेड ल्याएका छैनन् । यो विषयमा प्रयोगात्मकमा ४ जनाको नन् ग्रेड आएको छ ।

अङ्ग्रेजी पछि धेरै विद्यार्थी लेखामा फेल भएका छन् । लेखामा सैद्धान्तिकमा ६६ हजार १७१ जना विद्यार्थी सैद्धान्तिकमा फेल भएका छन् भने सो विषयमा ४ जनाको नन ग्रेड आएको छ ।

त्यसैगरी नेपाली विषयमा विद्यार्थी फेल भएका छन् । नेपालीको सैद्धान्तिकमा ३२ हजार ४९५ जनाको नन् ग्रेड आएको छ । त्यसैगरी सोसियल स्टडिज अफ एण्ड लाइफ स्किलमा ५४ हजार ११३ जनाको नन् ग्रेड आएको छ । त्यस्तै ऐच्छिक अर्थशास्त्रमा २७ हजार ७५९ जना फेल भएका छन् । त्यस्तै ऐच्छिक नेपालीमा १७ हजार ७५४ जना अनुत्तीर्ण भएका छन् । भने विजने स्टडीमा १९ हजार ६९५ जना अनुत्तीर्ण भएका छन् ।

त्यस्तै, इन्स्ट्रक्सन अफ पेडागोजी एण्ड इभ्यालुएसनमा १७ हजार ४६० जना फेल भएका छन् । त्यसैगरी, एजुकेसन एण्ड डभलपमेन्टमा ११ हजार ४६७ जना फेल भएका छन् । त्यसैगरी म्याथम्याट्रिक्समा ८ हजार ८२ जना फेल गरेका छन् । त्यस्तै, फिजिक्समा ७ हजार २६२ जना फेल भएका छन् ।

कक्षा १२ को परीक्षा गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको थियो। मुलुकभरका एक हजार २९२ परीक्षा केन्द्रबाट नियमित, ग्रेडवृद्धि तथा आंशिकसमेत गरेर तीन लाख ९६ हजार १८५ परीक्षार्थी सहभागी भएका थिए।   सैद्धान्तिकमा राम्रो नतिजा आएका विद्यार्थी पनि प्रयोगात्मकमा फेल भएको बोर्डले सार्वजनिक गरेको नतिजामा उल्लेख गरेको छ ।

कक्षा १० पछि विद्यार्थीले आफ्नो भविष्यसंग आफ्नो संकल्प जोड्दै विषय छनोट गर्छन् । आफ्नो रुचिको विषय त्यसमा पनि अनिवार्य विषयमा नै धेरै विद्यार्थी अनुत्तीर्ण हुनु निराशाजनक भएको विज्ञले प्रतिक्रिया दिए । कुन विषय पढ्दा म के हुन्छु अथवा कति मिहिनेत गरेर पढ्नुपर्छ भन्ने बुझेर विषय छनोट गरेका विदार्थीको नतिजामा नन् ग्रेड आउनु निराशाजनक हो ।

विषयगत नतिजा 

A Levels MA
Thuprai - Books and E-books