After SEE Portal

शिक्षा ऐन पहिलो प्राथमिकतामाः शिक्षा मन्त्री

Bridge Course

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले सरकारको पहिलो प्राथमिकतामा शिक्षा ऐन रहेको बताएका छन् । आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएपछि सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन्। उनले सरकारको नीतिगत प्राथमिकतामा उल्लेख गरिएका प्रतिवद्धतामा हस्ताक्षर सहित पहिलो निर्णय गर्दै पदभार ग्रहण गरेका हुन् । उनले विद्यालयमा शिक्षकको दरबन्दी समायोजन गर्ने पनि बताए ।

मन्त्री खनालले अहिले पदभार ग्रहण गर्दै शिक्षा ऐनलाई अध्ययन गरेर पुनावलोकन गरेर अगाडि बढाउन बताए । काठमाडौं ६ बाट निर्वाचित सांसद खनालले सुरूमा स्वतन्त्र उम्मेदवारी दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घन्टी लिएका थिए।

‘विद्यार्थीको हातमा वैशाखमै पाठ्यपुस्तक पुर्याउन हामी कटिबद्ध भएर लाग्छौं ।’ त्रिभुवन विश्वविद्यालयको नतिजा प्रकाशनमा भएको ढिलाइ प्रति संज्ञा गर्दै उनले भने, ‘ परीक्षाको नतिजा समयमा नै प्रकाशन गर्न नसक्दा भएको क्षतिको जवाफदेही हामी बन्नु पर्छ, समयमा नै नतिजा प्रकाशन गर्नेगरी काम गर्नुपर्छ ।’  

नियुक्ति पछि कर्मचारीलाई निर्देशन दिँदै उनले भने, ‘सार्वजनिक शिक्षाको रुपान्तरुणका लागि मिलेर काम गर्नुपर्छ, नीतिगन बाध्यताका विषयमा छलफलगरी कुनै हस्क्षेपमुक्त भएर काम गर्नुपर्छ ।’

A Levels MA
Thuprai - Books and E-books