शिक्षा मन्त्रालय रास्वपालाई, शिक्षामन्त्रीमा खनाल नियुक्त

 

नवनिर्बाचित सरकारको शिक्षा मन्त्रालयको अंश राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई  लागेको छ ।  रास्वपाले भागबन्डामा तीन मन्त्रालय पाएको छ । भने सो पाटीबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा शिशिर खनाल नियुक्त भएका छन् । नियुक्त भएका मन्त्री खनालले पद तथा गोपनीयताको शपथ लिएका छन् । खनाल २०७९ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा रास्वपाको तर्फबाट  विजयी भएर संघीय संसद्मा प्रवेश गरेका व्यक्ति हुन् । 

को हुन् खनाल ?

 

तनहुँको चुँदीमा जन्मिएका हुन्, खनाल । उनले सिद्धार्थ बनस्थली स्कुलबाट एसएलसी पास गरेका हुन् । उनको विद्यालय शिक्षा गोरखा, चितवन, नवलपुर, सर्लाही मुस्ताङ लगायतका जिल्लामा भएका हो ।

खनालले त्रिचन्द्र कलेजबाट आईएस्सी गरे  गरेका हुन् भने उनले  स्नातक र स्नातकोत्तर अमेरिकाबाट पूरा गरेका छन् ।  अमेरिकास्थित कनेक्टिकट् राज्यस्थित युनिभर्सिटि अफ बिज्रपोर्टबाट पोलिटिकल इकोनोमीमा स्नातक गरेका छन् ।

त्यस्तै युनिभर्सिटी अफ विन्सकन्सन म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर अध्ययन गरेका छन् । अध्ययनका क्रममा  उनले अमेरिका १० वर्ष  बिताएका छन् ।

पालिकाको शिक्षा सल्लाकारदेखि मन्त्री सम्मको यात्रा कसरी 

खनालको समूहले सन् २०१२ मा टिच फर नेपालको  स्थापन गरे । उनी सह–संस्थापक भएर  शिक्षक उत्पादनमा लागि रहेका थिए । नेपालका ७ जिल्लामा टिच फर नेपाल शिक्षकलाई पेसागत क्षमता अभिवृद्धि तालिम प्रदान गर्नुका साथै विभिन्न जिल्लामा स्वयंसेवक शिक्षक खटाउँदै आएको छ । 

शिक्षक उत्पादन तथा सिकाइ परिवर्तनको नारा लिएर उनी नेपालका विभिन्न ४०–५० जिल्ला पुगिसकेका छन् । यस अघि उनी तुल्सीपुर उप महानगरपालिकाकाको शिक्षा सल्लाहकारका रुपमा नियुक्त  तीन वर्ष सम्म काम गरिसकेका छन् ।

 खनालले कतार लगायत ३०, ३५ देशको  शिक्षा प्रणालीको बारेमा आफूले बुझेको विभिन्न औपचारिक कार्यक्रममा  बताउँदै आएका छन् ।  अहिले उनी कार्गो कम्पनी पिक एण्ड ड्रपका सञ्चालक पनि हुन् ।

घोकन्ते विद्या होईन, सिपमुलक, विश्व परिवेशमा प्रतिष्पर्धा गर्न सकिने खालको शिक्षा प्रणाली  हनुपर्ने चुनाबी नारार लिएर बिजयी खनाल शिक्षा मन्त्री त भएका छन् । तर उनको सामु चुनौती भने कम छैनन् ।  बिडम्बना अहिले पनि शिक्षा ऐन २०२८ कै छ । नयाँ शिक्षा ऐन आएकै छैन । शिक्षा क्षेत्रमै लामो समय काम गरेका खनालले के गर्छन् हेर्न भने बाँकी नै छ । 

Thuprai - Books and E-books