नयाँ विद्यार्थी भर्ना नगर्न निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ भर्ना नलिन विद्यालयहरुलाई निर्देशन दिएको छ । 

निजी विद्यालयहरुले भर्ना प्रक्रिया अगाडि बढाउने भन्दै आएका थिए भने केही सामुदायिक विद्यालयले नयाँ भर्नाका लागि आह्वानसमेत गरेर सूचना सार्वजनिक गरिसकेका थिए । मन्त्रालयको परिपत्रले नयाँ भर्ना प्रक्रिया स्थगित भएको छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले हस्ताक्षर गरेको विज्ञप्तिमा एसईई, कक्षा ११ र १२ को परीक्षाका सन्दर्भमा नयाँ कुनै निर्णय नभएको स्पष्ट गरिएको छ ।

यसैगरी संस्थागत विद्यालयले माध्यमिक तहसम्मको एक महिनाको शुल्क छुट दिने भनी सरकारले निर्णय गरिसकेको र सोको कार्यान्वयन गरी अभिभावक तथा स्थानीय तहलाई जानकारी दिन पनि भनिएको छ ।

Thuprai - Books and E-books