After SEE Portal

गत एसईईका प्रश्नपत्र नष्ट गर्ने निर्णय

Bridge Course

गत २०७६ सालको एसईईका प्रश्नपत्र नष्ट गरिने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले जिल्ला परीक्षा समन्वय समितिबाट निर्णय गराइ प्रश्नपत्र नष्ट गर्ने निर्णय गरेको हो ।

परीक्षा नियन्त्रक रामराज खकुरेलले मुचुल्का उठाएर ती प्रश्नपत्र नष्ट गर्ने निर्णय गरिएको जानकारी दिए । पनिकाले ती प्रश्नपत्र नष्ट गर्न जिल्लाभरि परिपत्र गर्न थालेको छ । कोभिड–१९ का कारण गत २०७६ सालको एसईई सञ्चालन हुन सकेन । परीक्षा सुरु हुनुभन्दा एक दिन अगावै स्थगित भएका परीक्षाका प्रश्नपत्र जिल्ला प्रहरी कार्यालय वा इलाका प्रहरी कार्यालयमा हालसम्म सुरक्षित छन् । प्रहरीले देशभरिका शिक्षा विकास तथा समन्वय एकाइका प्रमुखलाई प्रश्नपत्र फिर्ता लगिदिन ताकेता गर्दै आएका थिए । एकाइका पदाधिकारीले प्रश्नपत्रका कारण आफूहरुले निकै झन्झट व्यहोर्नु परिरहेको बोर्डमा गुनासो गर्दै आएका थिए ।

जिल्ला परीक्षा समन्वय समितिको संयोजक प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था छ । ती प्रश्नपत्र गत २०७६ साल फागुनको तेस्रो सातामा जिल्लाहरुमा पठाइसकिएको थियो । सो समयदेखि तिनको सुरक्षा प्रहरीले गर्दै आएका छन् । करिव चार लाख ८२ हजार विद्यार्थीका लागि प्रश्नपत्र छपाइएको थियो । 

 

 

 

A Levels MA
Thuprai - Books and E-books