After SEE Portal

संक्रमणको जोखिमलाई ख्याल गरी कक्षा १२ को परीक्षा होम सेन्टरबाटै गरिने (सीसीएमसीको सर्त सहित)

Bridge Course

शैक्षिक सत्र २०७७ को कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होम सेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले बताए।

कक्षा १० को आन्तरिक मूल्यांकनबाट नतिजा  निकाल्ने तयारी भएको तर १२ को भने आन्तरिक मूल्यांकनबाट नभइ भौतिक उपस्थितिमै परीक्षा लिनुपर्ने सुझाव आएकोले होम सेन्टरबाट परीक्षा लिन लागेको  सदस्य सचिव अर्यालले जानकारी दिए ।

आज संसदको शिक्षा तथा स्वास्थ समितिको बैठकमा बोल्दै सदस्य सचिव अर्यालले भने, “अर्को ठाउँमा जानु पर्दा यातायातको समस्या हुने, विद्यार्थीले कोठा खोजेर बस्नुपर्ने, यस्ता कार्यले कोरोना जोखिमलाई पनि थप बढाउन सक्ने भएकाले होम सेन्टरबाट गर्नुपर्ने भएको छ ।

उनका अनुसार कक्षा १२ का २८ भन्दा कम विद्यार्थी भएका एक हजार विद्यालय छन्, ५० भन्दा कम विद्यार्थी भएका दुई हजार ३००,  एक सयभन्दा कम विद्यार्थी भएका तीन हजार ४०० र ५०० भन्दा बढी विद्यार्थी भएका विद्यालय ८९ वटा छन ।

बैठकमा सांसद बोल्दै पूर्व शिक्षा मन्त्री तथा सांसद्  गिरिराजमणि पोखरेलले शिक्षक र विद्यार्थीलाई कोरोना खोप नदिएसम्म भौतिक उपस्थित सुरक्षित हुन नसक्ने बताए । उनले नेपालले कोरोनाका बाबजुद शैक्षिक सत्र बचाएको  धारणा राखेका थिए । उनले विद्यालयले गर्ने आन्तरिक मूल्यांकनमा स्कुलले जथाभावी नगरुन भनेर स्थानीय सरकारलाई अवलोकनको जिम्मेवारी वा अधिकार दिइनुपर्ने  सुझाव राखेका छन् ।सोही बैठकलाई सम्बोधन गर्दै सांसद् खगराज अधिकारीले होम सेन्टरबाट परीक्षा लिंदा त्यहीँकै निरीक्षक नहुने व्यवस्था गर्न सुझाव दिए । परीक्षामा  केयरलेस गरेर चोरेर पास गराउने प्रवृत्तिलाई निरुत्साही गर्नुपर्नेमा जोड दिए ।

सांसद मानबहादुर बिश्वकर्माले विद्यार्थीले उच्च शिक्षा पढ्न नसक्ने गरी कुनै कार्य कतैबाट गर्न  नहुने  सुझाव दिए ।  त्यस्तै सांसद मनकुमारी जिसीले परीक्षा सञ्चालन गर्दा स्वास्थ सुरक्षा मापदण्ड कडाइका साथ कार्यान्वयन गरिनुपर्ने  धारणा राखेकी थिइन् ।सांसदहरूका प्रश्नको जवाफ दिंदै शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सीसीएमसीको निर्णय अनुसार परीक्षा सञ्चालन गर्न लागिएको  जानकारी दिए  । सीसीएमसीसीले स्वास्थ सुरक्षा मापदण्ड अपनाउन भनेकाले सोही अनुसार व्यवस्थापन गर्न परीक्षा केन्द्रहरुलाई भनिएको र अझ कडाइका साथ लागु गरिने धारणा राखे ।

कक्षा १२ को परीक्षाको समय तालिका  बोर्डले यसअघि नै प्रकाशन गरिसकेको छ । साउन ३१ गतेदेखि भाद्र ९ गतेसम्म सञ्चालन गनेृ गरी प्रकशन गरेको छ । सो परीक्षा सञ्चालनका लागि सीसीएमसीले विद्यार्थीको सिट प्लान गर्दा २ मिटर दूरी राखेर  अंग्रेजी अक्षर जेड ढाँचामा हुनुपर्ने, विद्यार्थीहरु भीड रोकथाम गर्न परीक्षा केन्द्रमा १ घण्टा ३० मिनेट अघि नै पुग्नु पर्ने सुझाव दिएको थियो ।साथै सीसीएमसीले  नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डहरुको पालना गर्नुपर्ने, डीसीएमसीसंग समन्वयमा गरेर सञ्चालन गर्ने,  विद्यार्थीहरुलाई परीक्षा अघि सीआईसीटी फारम भर्न लगाउने र अनुसन्धान र सम्पर्कको लागि डीसीएमसीमा पठाउने सुझाव दिएको थियो । त्यस्तै  परीक्षामा संक्रमित विद्यार्थीहरुलाई परीक्षा हलमा ३० मिनेट पछि मात्र प्रवेश दिने र संक्रमितलाई अरु परीक्षार्थी बाहिरिएको ३० मिनेटपछि मात्र बाहिर जान अनुमति दिने र संक्रमित विद्यार्थीहरुलाई उचित हेरचाहको साथ छुट्टै परीक्षा हलमा राख्ने सुझाब तथा सर्त राखेको थियो ।

A Levels MA
Thuprai - Books and E-books