अन्योल र तनावमा बित्यो यो हप्ता (साप्ताहिक शैक्षिक गतिविधि फागुन १८–२४)

कोरोना भाईरसको विश्वव्यापी संक्रमणका कारण यो हप्ता शिक्षाक्षेत्र अन्योल र तनावमा बितेको छ । शिक्षा, विज्ञान तथा प्रविधि  मन्त्रालयले नेपालभित्र  सञ्चालन भएका सबै विद्यालयलाई चैत्र ५ गते भित्र वार्षिक  परीक्षा सक्न  यसै हप्ता निर्देशन गर्‍यो।

निर्देशनपछि  सम्पूर्ण विद्यालय तथा ७५३ वटै स्थानीय सरकारले आफ्नो परीक्षा तालिका  सार्वजनिक गरे । कतिपय विद्यालयले वार्षिक परीक्षा सञ्चालन गर्न थालिसकेका छन् भने कतिपय चैत्र २५–२६ देखि वार्षिक परीक्षा सञ्चालन गर्नेगरी अघि बढेका  छन् । 

मन्त्रालयले सो निर्देशनको केही पछि  भाईरसको सक्रमण रोकथाम सम्बन्धमा विद्यालय, विद्यार्थी, शिक्षक तथा अभिभावकलाई छुट्टा छुट्टै ६ बुँदे अनुरोध गर्‍यो।

अनुरोधमा संक्रमण फैलने तरिका र त्य सबाट बच्ने बारेमा विद्यालयको भूमिका, स्वास्थ्यका दृष्टिले अपनाउनु पर्ने सावधानी हरु लगायतका विभिन्न सजगता अपनाउन अनुरोध गर्‍यो। रुघा खोकी लागेमा अपनाउनु पर्ने सावधानी लगायतका  सुझाव प्रदान गर्‍यो।

मन्त्रालयको यो अनुरोध  भएको केही समयपछि केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा विद्यालय बन्द गरिने एसईई परीक्षा स्थगित जस्ता अफवाहले विद्यार्थी तथा अभिभावकमा  झन बढी अन्योल सिर्जना गर्‍यो। त्यस लगतै शिक्षा मन्त्रालयले नेपालमा कोरोना नभित्रिएको र एसईई परीक्षा निर्धारित समयमा नै सञ्चालन हुने विज्ञप्ति जारी गर्‍यो।

यसैबीच धनगढी उपमहानगरपालिकाले फागुन २५ गतेबाट लागु हुने गरी आफ्नो मतहतका विद्यालय बिदा गर्ने निर्णय गर्‍यो। उपमहानगरले सो निर्णय गरेको भोलि पल्टै विद्यालय पुनः सञ्चालन गरिने निर्णय गर्‍यो।

केही शिक्षा विद् तथा सांसद्ले विद्यालय छुट्टि गर्न माग गरेपनि मन्त्रालयले भने एसईई तथा कक्षा ११ र १२ को परीक्षा परिस्थिति यथावत रहेमा निर्धारित समयमा नै सञ्चालन गर्ने भएको छ ।

यसै हप्ता शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतका परियोजनाहरु सञ्चालन गर्न इच्छुक सार्वजनिक विद्यालयसँग आफ्नो कार्य योजनासहितको प्रस्ताव पेस गर्न माग गरेको छ ।

केन्द्रले सो कार्यक्रम सञ्चालन गर्न इच्छुक विद्यालयसँग २५ लाख रुपैयाँसम्मको प्रस्ताव पेस गर्नका  लागि पत्राचार गरेको छ ।

केन्द्रले  राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६ मन्त्रिपरिषद्बाट स्वीकृत  गरिसकेको छ । विभिन्न ६ क्षेत्र निर्धारण गरी  उक्त क्षेत्रकमा  का प्रस्ताव पेस गर्न विद्यालयलाई आग्रह गरेको छ । इच्छुक विद्यालयलाई चालु आर्थिक वर्ष भित्रै  कार्य सम्पन्न गर्ने गरी प्रसताव पेस गर्न आग्रह गरेको हो ।

राम्रो नम्बर नल्याउने विद्यार्थीलाई  ब्लेडले नाडी काट्न उने महिला शिक्षिकालाको विषयले पनि शैक्षिक जगतमा  यो हप्ता हलचल ल्याउन पुग्यो ।

१२ वर्ष अगाडि देखि बालबालिकासंग दैनिक  खेल्दै आएकी शिक्षिकाले कम आफ्नो विषयमा कम नम्बर ल्याउने बालबालिकालाई हातै काट्न लगाउनु एक जगन्य अपराध  भएको शिक्षाविद् हरुले प्रतिक्रिया दिए ।

 २० पूर्णाकं मध्ये १५ अंकभन्दा कम ल्याउने विद्यार्थीलाई ती शिक्षकले हात काट्न लगाएकी हुन् ।

Thuprai - Books and E-books