CMAT

कक्षा ९ को रजिष्ट्रेसन खुल्यो

Bachelors Portal

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा समावेश हुनका लागि रजिष्ट्रेसन फाराम खुला गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले हाल कक्षा ९ मा अध्ययन गरिरहेका साधारण, परम्परागत र प्राविधिक धारतर्फका नियमित विद्यार्थीका लागि रजिष्ट्रेसन फाराम खुला गरेको हो ।

बोर्डका अनुसार अक्षराङ्कन पद्धतिबाट कक्षा ८ पूरा गरेको वा सो सरहको वार्षिक परीक्षामा उत्तीर्ण भएकाले यस्तो फाराम भर्न सक्नेछन् । २०७२ देखि २०७७ सालसम्मका विद्यार्थीले अनिवार्य विषयमा न्यूनतम डीप्लस ग्रेड र २०७८ सालमा न्यूनतम डी ग्रेड प्राप्त गरेको ग्रेटसिट र जन्मदर्ता प्रमाणपत्र बुझाउनुपर्ने हुन्छ ।

बोर्डले रजिष्ट्रेसन फारम फागुन १९ देखि चैत मसान्तभित्र बुझाउन सक्ने गरी समयावधि दिएको छ । २०८० साल वैशाख १५ गतेसम्म दोब्बर दस्तुर बुझाएर फाराम भर्न सकिनेछ । शुल्क तीन सय रुपियाँ तोकिएको छ भने दोब्बर दस्तुर बुझाउँदा छ सय रुपियाँ तिर्नुपर्ने हुन्छ ।

विद्यार्थीले बुझाएको फारामलाई शिक्षा विकास तथा समन्वय एकाइले अनलाइन इन्ट्री गरी विद्यालयलाई आगामी २०८० सालको असार मसान्तसम्म रुजु गर्न पठाउनुपर्ने, विद्यालयले रुजु गरी एकाइमा साउन १५ गतेसम्म पठाउनुपर्ने, एकाइले रजिष्ट्रेसन नम्बर कायम गर्न विद्यालयगत विवरण भदौ मसान्तसम्ममा परीक्षा नियन्त्रण कार्यालयमा पठाउनुपर्ने र पनिकाबाट असोज मसान्तसम्ममा कायम भएको रजिष्ट्रेसन नम्बरसहितको विवरण एकाइले सम्बन्धित शिक्षा विकास निर्देशनालय र सम्बन्धित विद्यालयमा पठाउने गरी कार्य तालिका तय गरिएको छ ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यति लामो समयावधि दिइएकाले अब विद्यार्थीको नाम तथा जन्ममितिमा समस्या नहुने अपेक्षा गरिएको बताए ।

पनिकामा सबैभन्दा बढी नाम र जन्ममिति सच्याउनेहरुको लाम लाग्ने गरेको छ । रजिष्ट्रेसन फाराम भर्दा विद्यार्थी, अभिभावक र विद्यालयले वेवास्ता गर्दा त्रुटि हुने गरेको छ । विद्यार्थीले रजिष्ट्रेसन फाराम भर्दा आफू नियमित रुपमा अध्ययन गरिरहेको विद्यालयबाट मात्र भर्नुपर्ने हुन्छ । एक वा सोभन्दा बढी विद्यालय वा जिल्ला वा स्थानबाट भरेको पाइएमा दुवै तर्फको फाराम स्वतः रद्द हुने बोर्डले चेतावनी दिएको छ । 

फाराम एकाइले उपलब्ध गराउने व्यवस्था गरिएको छ । सजिलोका लागि बोर्डले पनिका कक्षा १० को वेबसाइटमा पनि फाराम राखिदिएको छ ।

Thuprai - Books and E-books
I Tech store