Bachelors Portal

कक्षा १२ को पूरक परीक्षाको समयतालिका सार्वजनिक (समयतालिकासहित)

Managed Admission 2022

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको समयतालिका सार्वजनिक गरेको छ ।

बोर्डले मौका परीक्षाको मिति भदौ २५ र २६ गतेका लागि समय तालिका सार्वजनिक गरेको छ ।

२०८१ सालको वैशाख महिनामा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रुपमा (रजिष्ट्रेशन नम्बरको शुरुका दुई अङ्क ८० भएका) परीक्षामा सहभागी भई सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम म् वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी दुई विषयमा ननग्रेड प्राप्त गर्ने वा सैद्धान्तिक तर्फ अन्य विषयमा डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा अनुपस्थित भएका वा सैद्धान्तिक तर्फ अन्य विषयमा डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक विषयमा एनजी वा कुनै एक विषयमा अनुपस्थित भएका परीक्षार्थीहरूका लागि मौका परीक्षाको लागि समय तालिका सार्वजनिक गरेको छ ।

२०८१ सालको कक्षा १२ को मौका ९पूरक० परीक्षामा सहभागी हुनका लागि आगामी भदौ १४ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क वापत प्रति विद्यार्थी रु  छ सयका दरले हुन आउने रकम बुझाई सक्नुपर्ने सूचनामा उल्लेख गरेको छ ।

उक्त अवधिभित्र रकम जम्मा गर्न छुट भएका परीक्षार्थीहरुका लागि भदौ १८ गतेभित्र विलम्ब शुल्कसहितको रकम प्रति विद्यार्थी रु। एक हजार दुई सय बुझाई सम्बन्धित विद्यालयमार्फत  भदौ १९ गते कार्यालय समयभित्र रकम जम्मा गरेको भौचरसहित बोर्डका सम्बन्धित कार्यालयहरूमा आवेदन फाराम बुझाई सक्नु पर्ने छ ।

मौका (पूरक) परीक्षा दुई दिन मात्र सञ्चालन हुने छ । एक विषयको मात्र परीक्षामा सहभागी हुने परीक्षार्थीले जुनसुकै विषय भए पनि परीक्षा सञ्चालन भएको पहिलो दिन  मै परीक्षामा सहभागी हुनुपर्ने छ ।अनिवार्य अङ्ग्रेजी (००४१) विषयमा परीक्षामा सम्मिलित हुने परीक्षार्थीहरूको परीक्षा पहिलो दिन मात्र सञ्चालन हुने छ ।

दुई विषयमा परीक्षा दिने परीक्षार्थीले आफूले परीक्षा दिने सानो कोड नम्बर भएको विषयमा पहिलो दिन (अनिवार्य नेपाली (००२१) र अनिवार्य अङ्ग्रेजी (००४१) दुवै विषयमा परीक्षा दिने परीक्षार्थीको हकमा सानो कोड ००२१ भएतापनि पहिलो दिन ००४१ विषयको परीक्षा दिनुपर्ने) परीक्षा दिनुपर्नेछ ।

तोकिएको परीक्षा कार्यक्रम अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को व्यवस्था  हुने छैन ।

कुनै आकस्मिक विदा पर्न गएमा समेत परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचना बिना परीक्षा स्थगित नगरिने सूचनामा उल्लेख छ ।

Select college / campus