राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा तिहारको बिदा अगाडि नै गर्ने तयारी थालेको छ । बोर्डले कार्तिक २४ गते भित्र नतिजा सार्वजनिक गर्ने तयारी थालेको हो ।
बोर्डले गत असोज ९–१० गते सञ्चालन गरेको कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।
बोर्डले सञ्चालन गरेको परीक्षामा सहभागी भई सैद्धान्तिक तर्फ अन्य विषयमा न्यूनतम डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी एनजी प्राप्त गर्ने विद्यार्थीका लागि परीक्षा सञ्चालन गरेको थियो । कुनै दुई विषयमा एनजी भएका वा अनुपस्थित भएका परीक्षार्थीहरूका लागि दुई विषयमा ग्रेडवृद्धि परीक्षा सञ्चालन गरेको हो । सो परीक्षा १ लाख १७ हजार विद्यार्थी सहभागी भएको बोर्डले जानकारी दियो ।