After SEE Portal

कक्षा १२ को नतिजा साउनमै

Bridge Course

कक्षा १२ को नतिजा साउन मसान्तभित्र सार्वजनिक हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले डाटा इन्ट्री र भेरिफिकेसनसम्बन्धी काम भइरहेको जानकारी दिँदै भने, “नतिजा सार्वजनिक हुन साउन नाघ्दैन ।”

परीक्षा गत वैशाखको अन्तिम सातादेखि जेठको पहिलो सातासम्म सञ्चालन भएको थियो । परीक्षामा करिब चार लाख ६८ हजार परीक्षार्थी सम्मिलित भएका थिए । 

उनले सबै विषयको नतिजा एकैसाथ सार्वजनिक गरिने बताए । विगतमा परीक्षा सञ्चालन भएको छ महिनामा नतिजा सार्वजनिक हुन्थ्यो र हरेक विषयको छुट्टाछुट्टै नतिजा सार्वजनिक गरिन्थ्यो । पहिल्ला केही वर्ष यता एकैसाथ नतिजा सार्वजनिक गर्न लागिएको हो ।

 

A Levels MA