After SEE Portal

कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्ने तयारी

Bridge Course

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी रहेको जनाएको छ । बोर्ड नतिजा प्रकाशनको अन्तिम तयारीमा रहेको र हिजो नै नतिजा प्रकाशनका लागि आन्तिरक डोमो प्रर्दशन गरिसकेको उच्च स्रोतले जानकारी दियो । 

प्राविधिक समस्या देखा नपरेमा तत्काल बोर्ड बैठक बोलाएर आजै नतिजा सार्वजनिक गर्ने तयारीमा बोर्ड रहेको छ । यद्यपि अहिलेसम्म बोर्डले बैठक भने बोलाएको छैन । बोर्ड उच्च स्रोतका अनुसार आज प्राविधिक समस्या उत्पन्न भएमा भोलि साझ सम्ममा नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए ।

बोर्डले विद्यार्थीको प्राप्ताङ्क इन्ट्री र रुजु गर्ने काम गरिसकेको छ । प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरेमात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

गत वर्ष कक्षा १२ मा ४९ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए । लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुईभन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।

यसरी हेर्न सकिन्छ नतिजा

कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट  र नेपाल टेलिकमको वेबसाइट मा गएर हेर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि लभद लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।

A Levels MA