After SEE Portal

एसईई नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा बोर्ड, नतिजा सार्वजनिक गर्ने विषयमा अन्योल कायमै

Bridge Course

राष्ट्रिय परीक्षा बोर्ड २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने अन्तिम चरणमा पुगेको छ । तर नतिजा कुन लेटर ग्रेडिङ (संशोधन अघिको वा संशोधन सहितको)  निर्देशिका अनुसार गर्ने भन्ने विषयमा भने अझै निर्णय गर्न सकेको छैन ।

२०७८ पुस ७ गते मन्त्री स्तरीय निर्णयले पहिलो पटक लेटर ग्रेडिङ निर्देशिका, २०७८ जारी गरेको थियो । सो निर्देशका जारी भएको केही महिना पछि वा २०७८ फागुन १८ गते पहिलो संशोधन गरी सैद्धान्तिकतर्फ ३५ भन्दा कम अङ्क ल्याउने विद्यार्थीको नतिजामा अवर्गीकृत (नन ग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था गरेको थियो ।

संशोधन सहितको लेटर ग्रेडिङ निर्देशिका, २०७८ 

तर गतवर्ष कोरोना महामारीको असरका कारण पठनपाठन सहज नभएको हुँदा विद्यार्थीमा मार पर्ने भन्दै बोर्डले पुरानै ग्रेडिङ प्रणाली अनुसार नतिजा निकालेको थियो । यो वर्ष भने के गर्ने भन्नेबारे बोर्डमा छलफल चलिरहेको  बताएको छ ।

 

बोर्डले यो हप्ता यस विषयम निर्णय गरेर नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले बताए । लेटर ग्रेडिङ पद्धति २०७२ मा  अनुसार नतिजा प्रकाशित गर्दा ३० देखि ४० अंक, २० देखि ३० र २० भन्दा कम अंक ल्याउने विद्यार्थीको पनि ग्रेडिङ हुन्छ ।

लेटर ग्रेडिङ निर्देशिका, २०७२

बार्षिक कार्यतालिका अनुसार नै नतिजा प्रकाशन हुने

एसईई परीक्षाको नतिजा असार तेस्रो हप्ता सार्वजनिक गर्ने तयारीमा बोर्ड जुटेको छ । नियन्त्रक श्रेष्ठका अनुसार अहिले बोर्ड विद्यार्थीको प्राप्ताङ्क इन्ट्री सकेरे अन्तिम चरणको अङ्क पुनर्जाँचको काम तीव्र गतिमा गरिरहेको छ ।

२०७९ चैत १७ गतेदेखि भएको एसईईमा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए ।

२हजार ३७ परीक्षा केन्द्रबाट लिएको सो परीक्षामा विगतका वर्षहरूमा भन्दा यो वर्ष नतिजामा त्रुटि हुन नदिन बोर्ड लागिपरेको नियन्त्रक श्रेष्ठ बताउँछन् । नतिजा सकेसम्म चाँडो सरोकारबाला समक्ष पुर्याउने बोर्ड नतिजा सार्वजनिक गर्न इच्छिुक संस्थाबाट यस अघि नै आवेदन मागका लागि सार्वजनिक सूचना जारी गरिसकेको छ ।

एसईईमा पहिलो पटक

नियन्त्रक श्रेष्ठका अनुसार यो वर्षको एसईई परीक्षा परीक्षामा अपाङ्गता मैत्री प्रश्नपत्र तयार गरिएको थियो । दृष्टि विहीन विद्यार्थीका लागि स्रोत केन्द्रलाई नै परीक्षा उपकेन्द्र बनाइ परीक्षा सञ्चालन गरिएको थियो । त्यसैगरी पहिलो पटक विज्ञान, अङ्ग्रेजी र सामाजिकमा बैकल्पिक प्रश्न समावेश गरिएको थियो ।

यो वर्षको एसईईमा विज्ञान, अङ्ग्रेजी र गणितको परीक्षा स्तरीकृत प्रश्नपत्रबाट लिएको थियो ।स्तरीकृत प्रश्नपत्रको माध्यमबाट परीक्षा लिँदा पाँच वर्ष सम्म प्रश्न नदोहोरिने, तथा दोहोरिने क्रम शून्य हुने नियन्त्रक श्रेष्ठ बताउँछन् ।

एसईईको नतिजा  सार्वजनिक भए लगतै see.edusanjal.com  बाट हेर्न सकिने छ । 

A Levels MA
Thuprai - Books and E-books