After SEE Portal

विद्यालय शिक्षामा पठनपाठन सम्बन्धी व्यवस्था

Bridge Course

४.५.४ विद्यालय शिक्षामा पठनपाठनसम्बन्धी व्यवस्था

आधारभूत र माध्यमिक शिक्षाका सक्षमता हासिल गर्नका लागि आवश्यक पर्ने पठनपाठनको समयावधि, सिकाइ सहजीकरण प्रक्रिया र पठनपाठन हुने विषयको व्यवस्था निम्नानुसार गरिएको छ :

(क) पठनपाठनको समयावधि

१. प्रारम्भिक बालविकास र शिक्षाका लागि एक शैक्षिक सत्रमा वार्षिक जम्मा ५७६ घण्टा दैनिक सिपसिकाइ क्रियाकलाप र विषयगत सिप सिकाइ क्रियाकलाप सञ्चालन हुने छ । यसै गरी वार्षिक २५६ घण्टासम्मको मनोरञ्जन, बाह्य खेल र आराम गर्ने तथा खाजा खाने समय हुने छ । उक्तसमयले बालबालिकाले प्रारम्भिक बालविकास केन्द्रमा बिताउने पूरा अवधिलाई बुझाउँछ ।

२. विद्यालय शिक्षाको सबै कक्षाका लागि एक शैक्षिक वर्षमा कम्तीमा २०५ दिन पठनपाठनसञ्चालन हुने छ ।

३. कक्षा १ देखि ३ सम्म जम्मा २६ पाठ्यघण्टा अर्थात् वार्षिक ८३२ कार्यघण्टाको पठनपाठनगर्नुपर्ने छ ।

४. कक्षा ४ देखि १० सम्म जम्मा ३२ पाठ्यघण्टा अर्थात् वार्षिक १०२४ कार्यघण्टा र कक्षा ११ र १२मा कम्तीमा २७ पाठ्यघण्टा अर्थात् ८६४ कार्यघण्टादेखि बढीमा ३२ पाठ्यघण्टा अर्थात् १०२४ कार्यघण्टा पठनपाठन गर्नुपर्ने छ ।

अरु महत्त्वपूर्ण जानकारी 

कक्षा १-३ सम्मको पाठ्यक्रम संरचना

 
 

५. पठनपाठन सञ्चालनका लागि खर्च भएको ३२ घण्टाको समयावधिलाई १ पाठ्यघण्टा मानिने छ ।

६. तोकिएको पाठ्यघण्टा (Credit hour) नघट्ने गरी विद्यालयले विषयको आवश्यकता अनुसार साप्ताहिक कार्यतालिकाको समयावधि निर्धारण गरी कक्षा सञ्चालन गर्नुपर्ने छ । सामान्यतया प्रतिदिन प्रतिविषय एक घण्टाको एक पिरियड हुने छ ।

(ख) सिकाइ सहजीकरण प्रक्रिया

१. प्रारम्भिक बालविकासमा पढाइ लेखाइमा भन्दा पनि बालबालिकाहरूको समग्र विकास, स्याहारतथा सुरक्षामा जोड दिनुपर्छ । प्रारम्भिक बालशिक्षाको सिकाइ क्रियाकलाप अनौपचारिक रूपले बालबालिकाको व्यक्तिगत भिन्नता र क्षमताका आधारमा स्वतन्त्र रूपले सिक्ने मौका प्रदान गर्ने किसिमले सञ्चालन गर्नुपर्दछ । बालबालिकाको विविधतालाई ध्यानमा राखेर उनीहरूको सिकाइलाई प्रोत्साहन गर्नुपर्दछ । खेल, गीत, कविता, कथाकथन, प्रदर्शन, श्रव्यदृश्य सामग्रीको प्रदर्शनमार्फत सिकाइका क्रियाकलापहरू सञ्चालन गरिनुपर्दछ । यसका अतिरिक्त अवलोकन, समूहकार्य, परियोजना कार्य, छलफल जस्ता विधिहरूका माध्यमबाट बालबालिकाको सर्वाङ्गीण विकासमा जोड दिनुपर्दछ ।

२. सिकाइ सहजीकरण प्रक्रिया सञ्चालन गर्दा विद्यार्थीकेन्द्रित र बालमैत्री शिक्षण विधि अपनाई शिक्षणमाभन्दा निरन्तर सिकाइमा जोड दिनुपर्ने छ । सबै प्रकारका सिकाइ आवश्यकता र चाहना भएकाविद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६(६३) (अपाङ्गता भएका, अशक्त, असहाय, कमजोर आदि) विद्यार्थीलाई समेट्ने गरी कक्षामा समावेशीसिकाइ सहजीकरण प्रक्रिया अपनाउनुपर्ने छ ।

३. विद्यार्थीको सिकाइलाई केन्द्रबिन्दु मानी सिकाइ सहजीकरण क्रियाकलाप सञ्चालन गर्नुपर्नेछ । विद्यार्थीको सहभागितामा योजना निर्माण, परियोजना कार्य, क्षेत्र भ्रमण, समस्या समाधान, खोजमा आधारित अध्ययन, प्रवर्तनमुखी शिक्षण पद्धतिलाई सिकाइ सहजीकरण विधिका रूपमाकार्यान्वयन गर्नुपर्ने छ ।

४. सिकाइ प्रक्रिया सैद्धान्तिक पक्षमा भन्दा बढी गरेर सिक्ने अवसर प्रदान गर्ने क्रियाकलापमाआधारित हुनुपर्ने छ ।

५. शिक्षकले सहजकर्ता, उत्प्रेरक, प्रवर्धक र खोजकर्ताका रूपमा भूमिका निर्वाह गर्नुपर्ने छ ।

६. पठनपाठनमा सूचना तथा सञ्चार प्रविधिलाई उपलब्ध साधन, स्रोत र आवश्यकताअनुसार उपयोगगर्नुपर्ने छ ।

७. सबै प्रकारका सिकाइ आवश्यकता र चाहना भएका (अपाङ्गता भएका, अशक्त, असहाय, कमजोरआदि) विद्यार्थीलाई समेट्ने गरी कक्षामा समावेशी सिकाइ सहजीकरण प्रक्रिया अपनाउनुपर्ने छ ।

८. प्राविधिक तथा व्यावसायिक धारका विधागत विषयहरू (Disciplinary Subjects) मा सिकाइसहजीकरण प्रक्रियाका लागि सामान्यतया ५० प्रतिशत पाठ्यभारको सैद्धान्तिक र ५० प्रतिशतपाठ्यभारको प्रयोगात्मक सिकाइ सहजीकरण क्रियाकलाप हुने छ ।

(ग) विषय छनोट प्रक्रिया र हेरफेर

१. विद्यालयमा पठनपाठन हुने मातृभाषाको छनोट, पाठ्यक्रम निर्माण, पाठ्यपुस्तक विकास तथाकार्यान्वयन स्थानीय तहको समन्वय र सहजीकरणमा विद्यालय वा सम्बन्धित शैक्षिक संस्था आफैलेगर्ने छ ।

२. स्थानीय विषयको हकमा स्थानीय तहका लागि उपयोगी पेसा, व्यवसाय, परम्परा, संस्कृति,रीतिरिवाज, स्थानीय सम्पदा, वातावरण संरक्षण, खेतीपाती, स्थानीय प्रविधि, चाडपर्व, सामाजिक व्यवहार आदि विषयवस्तु स्थानीय तहको समन्वय र सहजीकरणमा विद्यालय आफैंले छनोट गर्न सक्ने छ । यस्ता विषयको पाठ्यक्रम निर्माण, पाठ्यपुस्तक विकास तथा कार्यान्वयन स्थानीय तहकोपरामर्शमा विद्यालय वा सम्बन्धित शैक्षिक संस्था आफैंले गर्ने छ ।

३. माध्यमिक शिक्षा कक्षा ९ देखि १२ का ऐच्छिक विषयहरू र त्यसको समूहीकृत व्यवस्था अनुसूचीमा दिइएको छ । उक्त अनुसूचीमा अद्यावधिक गरी ऐच्छिक विषयहरूको समूह र छनोट गर्नुपर्ने विषयहेरफेर गर्नुपर्ने भएमा राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले गर्न सक्ने छ ।

४. कक्षा ९ र १० मा ऐच्छिक विषय छनोट गर्दा कक्षा ९ मा छनोट गरिएकै विषय कक्षा १० मा समेत छनोट गर्नुपर्ने छ । कक्षा ११ र १२ को हकमा अनुसूचीमा दिइएबमोजिम कक्षा ११ र १२ मा एकै विषय वा फरक फरक विषय हुन सक्ने छ ।

स्रोत: विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६को अंश 

A Levels MA
Thuprai - Books and E-books