Managed Admission 2022

कक्षा १-३ सम्मको पाठ्यक्रम संरचना

Thuprai - Books and E-books

आधारभूत शिक्षा (कक्षा १-३) सम्मको पाठ्यक्रम संरचना 

आधारभूत शिक्षा (कक्षा १-३) मा एकीकृत स्वरूपको पाठ्यक्रम हुने छ । सिकाइका क्षेत्रहरू (Themes) पहिचान गरी विषय र सिकाइका क्षेत्रका आधारमा बहुविषयात्मक (Multidisciplinary) तथा अन्तरविषयगत (Interdisciplinary) ढाँचामा पाठ्यक्रम आधारित गरिने छ । यसअनुसार एकीकृत विषयक्षेत्रहरूले समेट्न नसकेका सिकाइ उपलब्धिहरूलाई समेट्ने गरी विषयगत सिकाइ क्षेत्रहरूसमेत रहन सक्ने छन् ।

भाषागत विषयसँग सम्बन्धित विषयक्षेत्रहरू पठनपाठन सम्बन्धित भाषामा नै गर्नुपर्ने छ । यस्तो पाठ्यक्रम क्रियाकलापमुखी हुने छ । यसले विद्यार्थीहरूमा विषयवस्तुको ज्ञानका साथै विभिन्न किसिमका सिपको विकासमा जोड दिने छ । यस तहमा बालबालिकाहरूले आफ्नो मातृभाषामा सिक्ने अवसर प्राप्त गर्ने छन् ।

आधारभूत तह (कक्षा १-३) मा विद्यार्थीहरूलाई भाषा, गणित, विज्ञान, स्वास्थ्य र शारीरिक शिक्षा, सामाजिक अध्ययन, सिर्जनात्मक कला, मातृभाषा तथा स्थानीय विषयका सिकाइ क्षेत्रहरू प्रदान गरिने छ । एकीकृत सिद्वान्तअनुसार विषयसम्बन्धी क्रियाकलाप, पाठ्यघण्टा (Credit hour) र वार्षिक कार्यघण्टा निम्नानुसार हुने छन् 

क्र. स. विषयसम्बन्धी क्रियाकलाप पाठ्यघण्टा (Credit hour) वार्षिक कार्यघण्टा 
१  भाषिक सिप विकाससम्बन्धी क्रियाकलाप (नेपाली) ५  १६०
 भाषिक सिप विकाससम्बन्धी क्रियाकलाप (अङ्ग्रेजी) ४  १२८
३   गणितीय सिप विकाससम्बन्धी क्रियाकलाप  ४  १२८
विज्ञान, स्वास्थ्य र शारीरिक शिक्षासम्बन्धी क्रियाकलाप  ४  १२८
सामाजिक अध्ययन, चारित्रिक विकास तथा सिर्जनात्मक कलासम्बन्धी क्रियाकलाप  ४  १२८
मातृभाषिक सिप/स्थानीय विषयवस्तुसम्बन्धी क्रियाकलाप ५  १६०
  जम्मा  २६  ८३२ 

 द्रष्टव्य :

१. पठनपाठन सञ्चालनका लागि उपयोग भएको ३२ घण्टाको समयावधिलाई एक पाठ्यघण्टा (Credit hour) मानिएको छ ।

२. भाषिक सिपअन्तर्गत सुनाइ, बोलाइ, पढाइ, लेखाइ सिपको विकास, शब्दभण्डार, आधारभूत सञ्चार सिप, अभिव्यक्ति सिपको विकास जस्ता पक्षहरूमा ध्यान दिनुपर्ने छ । गणितीय सिपअन्तर्गत सङ्ख्या र अङ्कको अवधारणाका साथैव्यावहारिक गणितीय ज्ञान तथा व्यावहारिक सिपको विकास र प्रयोगमा ध्यान दिनुपर्ने छ ।

३. विज्ञान, स्वास्थ्य र शारीरिक शिक्षासम्बन्धी क्रियाकलापहरूअन्तर्गत वैज्ञानिक सोच तथा सिपको प्रयोग, विज्ञान, वातावरण,स्थानीय पर्यावरण, स्वास्थ्य र शारीरिक शिक्षा, प्रविधि आदि सिकाइका क्षेत्रअन्तर्गत पर्ने विषयवस्तुहरूसँग सम्बन्धित क्रियाकलापहरू समावेश गरिने छ ।

४. सामाजिक अध्ययन, चारित्रिक विकास तथा सिर्जनात्मक कलासम्बन्धी क्रियाकलापअन्तर्गत सामाजिक मूल्य र मान्यता,चारित्रिक विकास, सिर्जनात्मकता, कला र संस्कृति, जीवन उपयोगी सिप तथा सूचना र सञ्चार प्रविधि आदि सिकाइकाक्षेत्रअन्तर्गत पर्ने विषयवस्तुहरूसँग सम्बन्धित क्रियाकलाप समावेश गरिने छ ।

५. स्थानीय विषयअन्तर्गत मातृभाषा, स्थानीय ज्ञान, सिप र प्रविधिमा आधारित विषयसँग सम्बन्धित क्रियाकलाप पर्ने छन् ।सिर्जनात्मक सिप विकाससम्बन्धी क्रियाकलापमा अन्य विषय क्षेत्रका क्रियाकलापहरूसँग पनि सम्बन्धित गराइनुपर्छ । स्थानीय विषयको पाठ्यक्रम र पाठ्यसामग्री विद्यालयले स्थानीय विज्ञ, अभिभावक तथा स्थानीय तहको सहयोग र समन्वयमा विकास गरी कार्यान्वयनमा ल्याउने छ । संस्कृत, गुरुकुल, गुम्बा/विहार, मदर्सा, मुन्धुम जस्ता परम्परागत शिक्षा पद्धतिका हकमा नेपाली र सामाजिक विषयबाहेक अन्य विषयहरू परम्परागत शिक्षा पद्धतिअनुसार अनुकूलन रविकास गरी कार्यान्वयन गरिने छ ।

६. संस्कृत तथा परम्परागत शिक्षाको प्रारम्भिक शिक्षा (कक्षा १-३) लाई एकीकृत सिद्धान्तअनुरूप साधारण शिक्षाकै समकक्षी शिक्षा प्रदान गरिने छ । सामाजिक अध्ययन तथा सिर्जनात्मक कला विषयसँग सम्बन्धित विषयक्षेत्रलाई आवश्यकताका आधारमा थपघट गरी यस शिक्षाका पाठ्यसामग्रीलाई सन्दर्भ र औचित्यका आधारमा अनुकूलन गरिने छ । यस शिक्षामा मातृभाषाका सट्टामा सम्बन्धित भाषा (संस्कृत रचना, भोट भाषा, अरेबिक र उर्दू भाषा, लिम्बू भाषा आदि) का पाठ्यक्रमर पाठ्यसामग्री कार्यान्वयन गरिने छ । 

स्रोत: विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ को अंश