कक्षा ६-८ को पाठ्यक्रम संरचना

आधारभूत शिक्षा (कक्षा ६-८) मा विद्यार्थीहरूलाई भाषा, गणित, विज्ञान तथा प्रविधि, सामाजिक तथा मानवमूल्य, वातावरण, जनसङ्ख्या, स्वास्थ्य शारीरिक र स्थानीय विषयका सिकाइ क्षेत्रहरू नै प्रदान गरिने छ । स्थानीय आवश्यकतामा आधारित अध्ययनअन्तर्गत विद्यार्थीहरूलाई मातृभाषा वा स्थानीय कला, संस्कृति, सिप इत्यादिमा आधारित विषयवस्तु समावेश गर्न सकिने छ । साधारण जीवनका लागि आवश्यक अन्तरवैयक्तिक सिपहरू, स्वसचेतना सिपहरू, समालोचनात्मक तथा सिर्जनात्मक सोचाइका सिपहरू, निर्णय गर्ने सिपहरू, सूचना प्रविधिसम्बन्धी सिपहरू र द्वन्द्व तथा तनाव व्यवस्थापनसम्बन्धी सिपहरू एकीकृत गरी पाठ्यक्रम विकास गरिने छ । यसप्रकार व्यवस्थित हुने पाठ्यक्रमको विषयगत संरचना निम्नानुसार हुने छ :

(क) साधारण शिक्षा (कक्षा ६-८)

क्र. स. विषय पाठ्यघण्टा (Credit hour) वार्षिक कार्यघण्टा 
१  नेपाली ५  १६०
 अङ्ग्रेजी ५  १६०
३    गणित  ५  १६०
विज्ञान तथा प्रविधि  ५  १६०
सामाजिक अध्ययन र मानवमूल्य शिक्षा ५  १६०
शिक्षा स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला ३  ९६ 
७  मातृ भाषा/स्थानीय विषय ४  १२८ 
  जम्मा  ३२  १०२४ 

द्रष्टव्य : स्थानीय विषयअन्तर्गत मातृभाषा, स्थानीय कला, संस्कृति, ज्ञान, सिप, प्रविधि, पेसा तथा व्यवसाय अभिमुखीकरणसम्बन्धी विषयवस्तुसमेत समेट्न सकिने छ ।

(ख) संस्कृत/गुरुकुल / वेद विद्याश्रम शिक्षा (कक्षा ६-८)

क्र. स. विषय पाठ्यघण्टा (Credit hour) वार्षिक कार्यघण्टा 
१  नेपाली ५  १६०
 अङ्ग्रेजी/संस्कृत रचना ५  १६०
३    गणित  ५  १६०
विज्ञान तथा प्रविधि / संस्कृत व्याकरण ५  १६०
सामाजिक अध्ययन तथा मानवमूल्य शिक्षा/कर्मकाण्ड  ५  १६०
वेद वा नीति शास्त्र ३  ९६ 
७   संस्कृत भाषा ४  १२८ 
  जम्मा  ३२  १०२४ 

द्रष्टव्य : सामाजिक अध्ययन तथा मानवमूल्य शिक्षा विषयलाई संस्कृत शिक्षा विषयको विषयवस्तुलाई समेत अनुकूलन गरी सम्बन्धित भाषामा नै पठनपाठन गर्न सकिने छ ।

(ग) गोन्पा तथा विहार/मदर्सा शिक्षा (कक्षा ६-८)

क्र. स. विषय पाठ्यघण्टा (Credit hour) वार्षिक कार्यघण्टा 
१  नेपाली ५  १६०
 अङ्ग्रेजी ५  १६०
३    गणित  ५  १६०
विज्ञान तथा प्रविधि  ५  १६०
सामाजिक अध्ययन तथा मानवमूल्य शिक्षा  ५  १६०

भोट भाषा वा पाली भाषा वा संस्कृत वा अन्य भाषा वा उर्दू भाषा

३  ९६ 
७   स्थानीय विषय वा बौद्ध शिक्षा वा सम्भोटा व्याकरण वा अन्य आचार शिक्षा (दिनियात)/कुरान (अरबिक) ४  १२८ 
  जम्मा  ३२  १०२४ 

द्रष्टव्य : सामाजिक अध्ययन विषयलाई सम्बन्धित परम्परागत शिक्षा विषयको विषयवस्तुलाई समेत अनुकूलन गरी सम्बन्धित भाषामा नै पठनपाठन गर्न सकिने छ ।

स्रोत: विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६को अंश 

Thuprai - Books and E-books