A Levels MA

कक्षा ४-५ को पाठ्यक्रम संरचना

आधारभूत शिक्षा (कक्षा ४-५) सम्मको पाठ्यक्रम संरचना 

आधारभूत शिक्षा (कक्षा ४-५) मा विद्यार्थीहरूलाई भाषा, गणित, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन तथा मानवमूल्य शिक्षा, स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला, मातृभाषा तथा स्थानीय विषयका सिकाइ क्षेत्रहरू प्रदान गरिने छ । यस तहको पाठ्यक्रम धेरै बोझिलो नहुने गरी विकास गरिने छ । यस तहमा बालबालिकाहरूले आफ्नो मातृभाषामा सिक्ने अवसर प्राप्त गर्ने छन् ।

यस तहमा रहने विषय पाठ्यघण्टा (क्रेडिट आवर) र वार्षिक कार्यघण्टा निम्नानुसार हुने छन् :

क्र. स. विषय पाठ्यघण्टा (Credit hour) वार्षिक कार्यघण्टा 
१  नेपाली ५  १६०
 अङ्ग्रेजी ५  १६०
३    गणित  ५  १६०
विज्ञान तथा प्रविधि  ५  १६०
सामाजिक अध्ययन तथा मानवमूल्य  ५  १६०
शिक्षा स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला ३  ९६ 
७  मातृभाषा/स्थानीय विषय ४  १२८ 
  जम्मा  ३२  १०२४ 

द्रष्टव्य :

१. भाषिक विषयअन्तर्गत सुनाइ, बोलाइ, पढाइ, लेखाइ सिपको विकास, शब्दभण्डार, आधारभूत सञ्चार सिप, अभिव्यक्तिसिपको विकास जस्ता पक्षहरूमा ध्यान दिनुपर्दछ । गणितअन्तर्गत सङ्ख्या र अङ्कको अवधारणाका साथै व्यावहारिक गणितीय ज्ञान तथा व्यावहारिक सिपको विकास र प्रयोगमा ध्यान दिनुपर्दछ । विज्ञान तथा प्रविधि शिक्षासम्बन्धी क्रियाकलापहरूअन्तर्गत वैज्ञानिक सोच तथा सिपको प्रयोग, विज्ञान, वातावरण, स्थानीय पर्यावरण, सूचना र सञ्चार प्रविधि आदि सिकाइका क्षेत्रअन्तर्गत पर्ने विषयवस्तुहरू समावेश गरिने छ । सामाजिक अध्ययन तथा मानवमूल्य शिक्षाअन्तर्गत सामाजिक मूल्य र मान्यता, चारित्रिक विकास, कला र संस्कृति, जीवनोपयोगी सिप, नागरिक चेतना आदि सिकाइका क्षेत्रअन्तर्गत पर्ने विषयवस्तुहरू समावेश गरिने छ । स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कलाअन्तर्गत शारीरिक तन्दुरुस्ती, स्वस्थकर बानी, सरसफाइ र जीवनोपयोगी सिप, सिर्जनात्मकता आदिसँग सम्बन्धित विषयवस्तुहरू समावेश गरिने छ । सिर्जनात्मक सिप विकाससम्बन्धी क्रियाकलापलाई अन्य विषय क्षेत्रका क्रियाकलापहरूसँग पनि सम्बन्धित गराउनुपर्दछ । स्थानीय विषयअन्तर्गत मातृभाषा, स्थानीय ज्ञान, सिप, कला, संस्कृति र प्रविधिमा आधारित विषयसँग सम्बन्धित क्रियाकलाप पर्ने छन् । स्थानीय विषयको पाठ्यक्रम र पाठ्यसामग्री विद्यालयले स्थानीय तहको सहयोग र समन्वयमा स्थानीय विज्ञ, अभिभावकको संलग्नतामा विकास गरी कार्यान्वयनमा ल्याउने छ ।

 २ संस्कृत तथा परम्परागत शिक्षाआतर्गत आधारभूत शिक्षा (कक्षा ४-५) लाई साधारण शिक्षाकै समकक्षी शिक्षा प्रदान गरिने छ । सामाजिक अध्ययन तथा मानवमूल्य शिक्षा विषयसँग सम्बन्धित विषयक्षेत्रलाई आवश्यकताका आधारमा थपघट गरी यस शिक्षाका पाठ्यसामग्रीलाई सन्दर्भ र औचित्यताका आधारमा अनुकूलन गरिने छ । मातृभाषाका सट्टामा सम्बन्धित भाषा (संस्कृत रचना, भोट भाषा, अरेबिक र उर्दू भाषा, लिम्बू भाषा) का पाठ्यक्रम र पाठ्यसामग्री कार्यान्वयन गर्न सकिने छ ।

३ गुरुकुल शिक्षातर्फ स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला विषयका सट्टामा वेद वा नीतिशास्त्र वा मानवमूल्य शिक्षा विषय अध्ययन अध्यापन गर्न सकिने छ । मदर्सा शिक्षातर्फ स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला विषयका सट्टामादिनियात विषय अध्ययन अध्यापन गर्न सकिने छ ।

Thuprai - Books and E-books