A Levels MA

माध्यमिक शिक्षा (कक्षा ९ देखि १२) सम्मको पाठ्यक्रम संरचना

विद्यालय शिक्षा अन्तर्गत कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक शिक्षा कायम गरिएको छ । माध्यमिक शिक्षालाई साधारण, प्राविधिक तथा व्यावसायिक र परम्परागत गरी तीन प्रकारमा वर्गीकरण गरिएको छ । गुरुकुल, गोन्पा विहार, मदर्सा, मुन्धुमलगायतका परम्परागत शिक्षा पद्धतिलाई माध्यमिक शिक्षामा समेटिएको छ । माध्यमिक शिक्षाको पाठ्यक्रम संरचना एकलपथको हुने छ ।

कक्षा ९ र १० को साधारण धारतर्फ प्रत्येक कक्षामा नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान तथा प्रविधि र सामाजिक अध्ययन गरी पाँचओटा अनिवार्य विषयहरू र दुईओटा ऐच्छिक विषयहरू रहने छन् ।

यसै गरी कक्षा ११ र १२ को साधारण शिक्षातर्फ अनिवार्य विषयका रूपमा अङ्ग्रेजी र नेपालीलाई दुवै कक्षामा, सामाजिक अध्ययनलाई कक्षा ११ मा र जीवनोपयोगी शिक्षालाई कक्षा १२ मा समावेश गरिएको छ भने कक्षा ११ र १२ प्रत्येकमा ऐच्छिक विषय तीन तीनओटा समावेश गरिएको छ । यसको अतिरिक्त कक्षा ११ र १२ मा अतिरिक्त ऐच्छिक विषयका रूपमा थप एक विषय समावेश गर्न सकिने छ ।

त्यसै गरी माध्यमिक शिक्षातर्फ कक्षा ११ र १२ मा सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा विषयअन्तर्गत न्यूनतम एक पाठ्यघण्टा बराबरको सूचना प्रविधिसम्बन्धी विषयवस्तु समावेश गरिने छ ।

माध्यमिक शिक्षा कक्षा ९-१० र ११-१२ को पाठ्यक्रम संरचना निम्नानुसार हुने छ :

(क) साधारण शिक्षा

(अ) माध्यमिक शिक्षा (कक्षा ९- १०)

क्र. स. विषय पाठ्यघण्टा (Credit hour) वार्षिक कार्यघण्टा 
१  नेपाली ५  १६०
 अङ्ग्रेजी ५  १६०
३    गणित  ५  १६०
विज्ञान तथा प्रविधि  ५  १६०
सामाजिक अध्ययन  ४  १२८ 
ऐच्छिक प्रथम ४   १२८ 
७  ऐच्छिक द्वितीय ४  १२८ 
  जम्मा  ३२  १०२४ 

(आ) माध्यमिक शिक्षा (कक्षा ११ - १२)

क्र. स. विषय

कक्षा ११

पाठ्यघण्टा (Credit hour)

कक्षा ११

वार्षिक कार्यघण्टा 

कक्षा १२

पाठ्यघण्टा (Credit hour)

कक्षा १२

वार्षिक कार्यघण्टा 

१  नेपाली ९६  ९६ 
 अङ्ग्रेजी ४  १२८  ४  १२८ 
३   सामाजिक अध्ययन ५  १६० - -
जीवनोपयोगी शिक्षा - - ५  १६०
ऐच्छिक प्रथम ५  १६० ५  १६०
ऐच्छिक द्वितीय ५  १६० ५  १६०
७  ऐच्छिक तृतीय ५  १६० ५  १६०
  जम्मा  २७  ८६४  २७  ८६४  
थप ऐच्छिक ५  १६० ५  १६०

द्रष्टव्य:

१. कक्षा ११ मा सामाजिक शिक्षा र कक्षा १२ मा जीवनोपयोगी शिक्षा समावेश हुने छ ।

२. कक्षा ११ र १२ प्रत्येक कक्षामा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाअन्तर्गत एक एक पाठ्यघण्टाको सूचनाप्रविधिको व्यावहारिक अभ्यास समावेश गरिने छ ।

३. विद्यार्थीले कक्षा ११ र १२ प्रत्येक कक्षामा ५ पाठ्यघण्टाको थप ऐच्छिक एक विषय अध्ययन गर्न सक्ने छन् ।

४. ऐच्छिक तीन विषयहरूको छनोट विद्यार्थीको रुचि, आवश्यकता, उपलब्ध शिक्षक तथा स्रोतसाधनका आधारमा स्थानीयसरकारको समन्वय र सहजीकरणमा विद्यालयले गर्ने छ । यसरी विषय छनोट गर्दा ऐच्छिक प्रथम, द्वितीय, तृतीय र चतुर्थ समूहमध्ये कुनै तीन समूहबाट एक एक विषय गरी जम्मा तीन विषय छनोट गर्नुपर्ने छ । विद्यार्थीले बाँकी रहेको ऐच्छिक समूहबाट कक्षा ११ र १२ प्रत्येकमा एक विषय थप ऐच्छिकका रूपमा अध्ययन गर्न सक्ने छन् । ऐच्छिक विषय छनोट गर्दा कक्षा ११ मा अध्ययन गरेको विषय वा सो विषयसँग सम्बन्धित विषय कक्षा १२ मा नभएमा सोही समूहबाट सट्टामातोकिएको विषय लिनुपर्ने छ ।

५. विदेशी विद्यार्थीहरूका लागि अनिवार्य नेपाली विषयको सट्टा वैकल्पिक अङ्ग्रेजी (Alternative English) विषय अध्ययनगर्न पाउने व्यवस्था गर्न सकिने छ । 

पूर्ण पाठ पढ्नुहोस : विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ 

स्रोत: विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६को अंश 

Thuprai - Books and E-books