After SEE Portal

वायु प्रदुषणका कारण चार दिन सम्पूर्ण शिक्षण संस्था बन्द

Bridge Course

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको केही समय अघि बसेको आकस्मिक बैठकले वायु प्रदुषणका कारण चार दिन सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।

विगत केही दिन देखि बढेको वायु प्रदुषणका कारण सबै शैक्षिक संस्था बन्द गर्ने मन्त्रालयले निर्णय गरेको शिक्षा मन्त्री  श्रेष्ठका प्रेस संयोजक इश्वरराज ढकाले जानकारी दिए ।

बैठकमा बोल्दै मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिए  । बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा हरी लम्साल, शिक्षा, तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक वैकुष्ठ अर्याल लगायतको उपस्थिति रहेको थियो ।

बैठक अघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसंग परामर्श  गरेका थिए । लगत्तै मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखौ विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकुलताको कारण सबै शिक्षणसंस्थता बन्द गर्नुपरेको बताए  । 

स्वास्थ्यका दृष्टिकोणले विगत चार दिनयता बालबालिकालाई घर बाहिर निस्कन जोखिमपूर्ण भएको हुँदा घर बाहिर ननिस्कन सूचित गरिसकेको छ ।

विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा एक्कासि देखिएको तुवाँलो अझै कायम रहने भएको छ । तुवाँलोको मुख्य कारण डढेलो नै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन्। 

A Levels MA
Thuprai - Books and E-books