After SEE Portal

सरकार र महासंघ विच सहमति

Bridge Course

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघविच कार्यदलले मन्त्रालयमा पेश गरेको प्रतिवेदन कानून सम्मत ढङ्गले लागु गर्ने सहमती भएका छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका  महानिर्देशक चुडामणि पौडेलको संयोजकत्वमा नेपाल शिक्षक महासंघका सह अध्यक्ष पूर्ण ( दवाडी सहितको गठित कार्यदलले तयार गरेको ५१ बुँदे प्रतिवेदन शिक्षा मन्त्रालय समय संगत ढंगले कार्यान्वयन गर्न तयार भएपछि सरकार र महासंघविच सहमति भएको हो ।

महासंघले नेपाल सरकार समक्ष २०७८ वैशाख २० गते ३४ बुँदे माग  राखी चरणबद्ध आन्दोलन गर्दै आएको थियो । महासंघ र सरकारविच समय समयमा  भएका सहमति  क्रमैसंगै कार्यान्वयन गर्ने सरकारले प्रतिवद्धता जनाएपछि सहमति भएको छ । 

सरकार र महासंघ विच आज भएको छलफलमा  कार्यदलको प्रतिवेदन अध्ययन गरी कार्यान्वयन योग्य सुझाव सहित मन्त्रालयमा प्रतिवेदन पेश प्रस्तुत भएका माग सम्बन्धमा वृहद छलफल गरी मागको विषय वर्तमान अवस्था र गर्नुपर्ने कामहरूको कार्यसूची सहित तयार पारेको तालिकावद्ध ५१ बुँदे प्रतिवेदन कार्यन्यवन गर्न मन्त्रालय सकारात्मक भएका शिक्षा मन्त्रीका  प्रेस संयोजक विमल खड्काले जानकारी दिए । 

 

A Levels MA
Thuprai - Books and E-books