After SEE Portal

कक्षा १२ को परीक्षामा तीन जना केन्द्राध्यक्षलाई कारबाही

Bridge Course

राष्ट्रिय परीक्षा बोर्डले वैशाख २९ र ३१ गते गते सञ्चालन गरेको कक्षा १२ को वार्षिक परीक्षामा परीक्षाको मर्यादा विपरीत कार्य गर्ने केन्द्राध्यक्षलाई कारबाही गरेको बताएको छ ।

परीक्षाको मर्यदा विपरीत कार्य गर्ने केन्द्राध्यक्षलाई बोर्डले एकजनालाई बर्खास्त र दुई जनालाई सचेत गराएर छोडेको छ । टेक्सास इ मा.वि, मित्रपार्क, काठमाडौं केन्द्र परीक्षाको मर्यादा विपरित कार्य गरेको हुँदा बर्खास्त गरिएको जानकारी दिएको छ । भने कैलासकुट बहुमुखी क्याम्पस, मित्रपार्क, काठमाडौं केन्द्रका केन्द्राध्यक्षलाई उचित परीक्षाको वातावरण कायम गर्न नसकेको हुँदा सचेत गराइएको बोर्डले जानकारी दियो ।

त्यसैगरी, कुमारी आवसीय मा.वि, बौद्ध, काठमाडौंका केन्द्राध्यक्षलाई उचित परीक्षाको वातावरण कायम गर्न नसकेको भन्दै सचेत गराएको छ ।

कक्षा १२ को वार्षिक परीक्षा गत वैशाख २६ गतेदेखि सञ्चालन भइरहेको छ । मोबाइलमार्फत प्रश्नपत्र खिचेर बाहिर पठाउने र त्यहीँबाट उत्तर लेखेर पठाउने गरिएकोे भन्दै विभिन्न ठाउँबाट सूचना सार्वजनिक भइरहेका छन् । सामाजिक सञ्जालमा अनधिकृत आइडी तथा पेज सिर्जना गरी गलत तथा भ्रमपूर्ण सूचनासमेत प्रवाह भइरहेको बोर्डले जनाएको छ । यस्तो भ्रम फैलाउने कार्य नगर्नसमेत सबैलाई बोर्डले उक्त सूचनामार्फत सचेत गराएको छ ।

A Levels MA
Thuprai - Books and E-books