Bachelors Portal

बाढीका कारण ४२ विद्यालयमा क्षति

Managed Admission 2022

शुक्रबार र शनिबारको पानीले देशभरका ४२ विद्यालयमा क्षति पुगेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

मन्त्रायलका अनुसार १० हजार नौ सय विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

शिक्षा मन्त्रालयको निर्देशनका कारण आज आइतबार प्रायः विद्यालयहरु बन्द रहे । मन्त्रालयले तीन दिन विद्यालय बन्द गर्न भनेको थियो । सम्भवतः भोलि सोमबारबाट धेरै विद्यालय सुचारु हुने छन् ।

मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले विज्ञप्ति जारी गरी विद्यालयमा भएको क्षतिका बारेमा जानकारी दिएका छन् ।

Select college / campus