A Levels MA

चालु शैक्षिक सत्रमा २०२० भवन र १४५५ ओटा आइसिटी ल्याब बन्ने

 शैक्षिक वर्ष २०७९–८० मा २ हजार २० नयाँ भवन भएका छन् । नयाँ बन्ने भवनमा चार कोठे भवन १ हजार ५ र दुई कोठे भवनमा १ हजार १५ रहेका छन् ।

नयाँ बन्न भवनमा प्रदेश १.मा १८८ दुई कोठे र १६८ ओटा चार कोठे भवन रहेका छन् । मधेश प्रदेशमा दुई कोठे २१२ र चार कोठे १९५ ओटा भवन बन्ने भएको छ ।

त्यसैगरी बागमती प्रदेशमा दुइकोठे भवन १४ र चार कोठे ४७ ओट, गण्डकीमा १४६ र चार कोठे ११९, लुम्बिनीमा दुई कोठे १६२ र चार कोठे १९७ रहेका छन् । त्यसैगरी, कर्णालीमा दुई कोठे भवन १३९ र चार कोठे १३४ भवन बन्ने भएका छन् । सुदुर पश्चिममा दुई कोठे १५४ र चार कोठे १४५ भवन बन्ने भएको हो ।

चालु शैक्षिक वर्षमा बन्न उक्त भवन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बन्न लागेका हुन् ।

उक्त कार्यक्रम अन्तर्गत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले दुइकोठे भवनका लागि जम्मा बजेट रु (हजारमा० ४८५४५०० छुट्याएको छ भने चार कोठे भवनका लागि जम्मा बजेट रु. (हजारमा) २४६९७५० खर्च गर्ने भएको छ ।

त्यसैगरी उक्त कार्यक्रम यो वर्ष १ हजार ४५५ ओटा नयाँ आइसिटी ल्याब बन्ने भएका छन् । प्रदेश नं. १ मा २५०, मधेश प्रदेशमा १९५, बागमतीमा २३२, गण्डकीमा १६७, लुम्बिनीमा २३९, कर्णालीमा १७४ र सुदुर पशिचममा १८९ ओटा बन्ने भएका हुन् । आइसिटी ल्याबका लागि सरकारले जम्मा बजेट रु. (हजारमा) ८२०००० बजेट छुट्याएको छ ।

यो कार्यक्रम कार्यान्वयनका लागि सरकारले बजेट भाषण मार्फत चालु शैक्षिक वर्ष ९आर्थिक वर्ष० का लागि ८ अर्ब ८८ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ३ हजार ४७५ विद्यालय विद्यालय छनोट गरेको छ । गत वर्ष शैक्षिक सत्रको अन्त्यतिर कार्यक्रम छनोट गरी कार्यक्रम कार्यान्वयन गर्दै आएको मन्त्रालयले यो वर्ष गत भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट उक्त कार्यक्रमका लागि विद्यालय र कार्यक्रम छनोट गर्ने निर्णय गरेको थियो ।

Thuprai - Books and E-books