After SEE Portal

आधारभूत सर्वेक्षण ईन्जिनियरिङ, जियोमेटिक्स इन्जिनियरिङ डिप्लोमा किन पढ्ने

Bridge Course

 

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन भए लग्तै विद्यार्थीहरूको स्कुल जीवनबाट कलेज जीवन तर्फको यात्रा तय हुन्छ । एसईई पढाइपछि रोजगारी सुनिस्चित हुने विषय रोज्ने हुन्छ । पढाइ सकिने बितिकै जागिर खाने इच्छा कसलाई नहोला र ! तर, कुन धार रोज्ने ?  प्राविधिक कि साधारण ? साधरण भए कुन रोज्ने र प्राविधिक भए कुन विषय रोज्ने भनेर एकदमै गार्हो हुन्छ ।के पढने ?  कुन course पढदा छिटो जागिर पइएला ? आफूले रोजेको विषयको  Scope कस्तो छ ? भन्ने चिन्ताले सताउने गर्छ ।

हुनत SEE पछि मलाइ पनि प्राविधिक शिक्षा बारे खासै जानकारी थिएन । त्यसपछि कतिको नाप नक्सा सर्भे तर्फ पनि इच्छा जाग्छ, जाग्नु पनि स्वाभाविक नै हो सानै देखि घर, गाउँ, टोल र समाजमा जग्गाको विबाद भएको बेला अमिनलाई बोलाएर छुट्याउने सम्झना जो कोहिलाई पनि हुन्छ । तर कतिपय विद्यार्थी लाई यस विषयको पूर्ण जानकारी न हुदा आतिन्छ । के गर्ने कसो गर्ने ? सर्भे पढदा जागिरको  scope कति छ ? कहां पढने ? राम्रो शिक्षा कहा पाइन्छ ? जस्ता प्रश्नहरू  दिमागम खेलिरहन्छ ।

अब मैले सर्भे सम्बन्धि विषयको व्याख्या गर्दै र केही हद्द सम्म सर्भे विषय पढन चाहने विद्यार्थीलाई बुझन चाहने प्रशनको व्याख्या गर्ने प्रयास गरेकोछु ।

सर्बप्रथम SEE पास गरिसके पछि सर्भे तर्फ २ कोर्षमा अध्यापन गर्न पाउछ ।

१) Basic survey engineering TSLC (AMIN)

२) Diploma in Geomatics Engineering

 Basic survey engineering TSLC (AMIN )

यो कोर्स १८ महिना भित्र पूरा हुनेछ।  त्यस मध्ये  pratical + Theory गरेर १५ महिना कलेजमा पढनु पर्छ (40 घण्टा/हप्ता X 52 हप्ता एक वर्ष = 2060 घण्टा। 3 महिना (480 घण्टा) रोजगार प्रशिक्षण (OJT) मा हुनेछ।

On the job training (OJT)  नापी कार्यालय , स्थानीय तहमा गएर कार्य गर्नुपर्छ ( तालिम जस्तै ) र यो ३ महिनाको Trainng ३०० पूर्णांकको हुन्छ ।  त्यति मात्र न भएर यो कोर्ष ५० % Theory र ५० % pratical knowledge मा अधारित गरिएको छ र यो academic course नभइ प्रावधिक  TSLC भन्ने गरिएको छ र यो कोर्ष को fee  ८० हजार देखि एक लाख २० हजार रुपियाँ सम्म लाग्ने गर्छ ।
सरकारी गैरसरकारी संस्थाहरू, आईएनजीओ, परियोजनाहरू/कार्यक्रमहरूमा वा लोक सेवा आयोग वा स्थानीय तहमा करारमा  अमीन/सहायक सर्वेक्षकको पदका लागि योग्य हुनेछन्।

 

Diploma in geomatics engineering

यो कोर्ष ३ बर्षको अवधिको र ६ ओटा सेमेस्टरमा बाडिएको छ प्रत्येक सेमेस्टर ६ महिनको हुन्छ । जम्मा ६ semester मा Theory +pratical गरि ३२ वटा subject पढनु पर्ने हुन्छ ।

यो कोर्ष पढने लाग्ने Total fee को बारेमा भन्नु पर्दा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी)  को आंगिक, लागत साझेदारी, सामुदायिक  कलेजमा पढियो भने पचास हजार देखि दुई लाख सम्म लाग्छ भने private मा मोटामोटी तीन लाख रुपियाँ सम्म पर्न जान्छ ।

Diploma /TSLC AMIN काहां पढने ? कस्तो कलेज मा पढने ?

यी कोर्षहरू  Theory ज्ञान भन्दा बढी pratical ज्ञान चाहिने भएको हुनाले । तल उल्लेखित कुराहरू  ध्ययान दिनु पर्छ । जस्ते,

•कलेज को पुर्वाधार

•Practical ल्याब

•projector सहितको व्यवस्थित कक्षाकोठा

•दक्ष जनशक्ती

•अनुभवि शिक्षकशिक्षिका

•pratical ज्ञान को लागि instrument जस्तै Chain,Tape , plane table , theodolite , Total station , GPS , DGPS लगायतका instrument हरू  प्रयोग गरि pratical ज्ञान सजिलै सित सिखाउन सक्ने प्रशिक्षक ।

•अघिल्लो बर्ष त्यस कलेज का विद्यार्थी पास भएका शक्तिको अवस्था।

Diploma कोर्ष अध्यनपश्चात:-

•लोक सेवा बाट लिइने राजपत्र अनंकित प्रथम श्रेणी ( न्याब सुब्बा स्तर को प्रावधिक पाचौ ) तह मा लोक सेवा दिन पाउने र नापी विभाग अन्तरगत नापी कार्यालयमा सर्बेक्षक , नापी निरिक्षकको रू पमा काम काज गर्न सक्ने।

• सर्भेयरको रूपमा विभिन्न सरकारी तथा गैरसरकारी संघ / संस्थामा काम गर्न पाईने।

•माथिल्लो तह अध्ययनको लागि B.E. को जुनसुकै faculty मा सहभागी

•Survey Consultancy खोली स्वरोजगार हुन पाईने ।

•भूमि आयोग लगायतका जग्गा जमिनसंग सम्बन्धि आयोगहरू मा पनि काम काज गर्न सक्छन।

•साथै वैदेशिक रोजगारीमा जान चाहानेहरू ले Survey को काम विदेशमा गइ समेत गर्न सकिन्छ।

• Hydropower,Road  मा सर्भेयरको रू पमा काम गर्न पाईने ।

Amin College को लागि तलको लिन्कमा क्लिक गर्नुहोला।

https://edusanjal.com/course/diploma-in-geomatics-engineering-ctevt/institutions/

Diploma college को लागि तलको लिंक मा क्लिक गर्नुहोला ।

https://edusanjal.com/course/diploma-in-geomatics-engineering-ctevt/institutions/

 

A Levels MA