लेटर ग्रेडिङ (Letter Grading ) " भन्नाले तोकिएको सक्षमताको मूल्याङ्कनपश्चात् विद्यार्थीले हासिल गर्ने सिकाइ स्तरलाई अक्षरमा गरिने प्रस्तुति हो ।
स्तरीकृत अङ्क (Grade point ) " भन्नाले अक्षरमा गरिएको विद्यार्थी मूल्याङ्कनको स्तरीकरणलाई अङ्कमा प्रस्तुत गरिएको आनुसाङ्ख्यिक मान हो ।
विद्यालय शिक्षामा लेटर ग्रेडिङ कार्यान्वयन
विद्यार्थीको सिकाइ सक्षमतालाई यथारूपमा प्रमाणीकरण गर्ने, सिकाइ उपलब्धिको मापनबाट प्राप्त अङ्कगत स्तरलाई आठओटा अक्षरगत स्तरमा सूचित गर्ने, शैक्षिक क्षतिलाई न्यूनीकरण गर्दै शैक्षिक गुणस्तर प्रवर्धन गर्ने, एकल विषय प्रमाणीकरणका माध्यमबाट विद्यार्थीको बहु बौद्धिकताका आधारमा सिकाइका अवसर प्रदान गर्ने उद्देश्यका साथ लेटर ग्रेडिङ सुरु गरिएको लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा उल्लेख छ ।
जीपीए र ग्रेडिङमा अन्तर
मूल्याङ्कनमा अङ्कन प्रणाली कायम हुँदा विद्यार्थीमा चरम प्रतिस्पर्धा हुने गर्दथ्यो । यसलाई न्यूनीकरण गर्न राष्ट्रिय परीक्षा बोर्डले अक्षरांक पद्धतिको सुरुआत गर्यो । अस्वस्थ्य प्रतिस्पर्धाका कारण बालबालिकामा पर्न जाने मनोवैज्ञानिक असरलाई बुझेर अक्षरांक पद्धति सुरु गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यारत इलेक्ट्रोनिक इन्जिनिर नसिव आचार्य बताउँछन् । उनका अनुसार निश्चित अङ्क ल्याउने जस्तै विष्यगत रुपमा ४०–५०, ५०–६०, ६०–७०, ७०–८०, ८०–९०, ९०–१०० अङ्क ल्याउने समूहलाई एउटा ग्रेडमा राखिँदै आएको छ । जस्तै ७०–८० ल्याउनेको ग्रेड बी प्लस हो । यसको ग्रेड पइन्ट ३.२ ग्रेड पइन्ट दिइन्छ । हरेक विद्यार्थीले प्रत्येक विषयमा ल्याएको ग्रेड र ग्रेड पइन्ट निर्धारण गरिएको छ । एउटा विद्यार्थीले विषयगत रुपमा फरक ग्रेड पइन्ट ल्याएको हुन्छ । त्यसलाई ग्रेड पइन्ट दिँदा सबै विषयमा पाएको ग्रेड पइन्टलाई औसतमा लगिन्छ ।
१० को स्तरीकृत औसत अङ्क र विषयको अन्तिम ग्रेड निकाल्न
GPA = Sum of the Weighted Grade Point (WGP)/ Divided by total credit hours (CH) of the class = 117.2/32 = 3.66
२५ प्रतिशत आन्तरिक मूल्याङ्कन र ७५ प्रतिशत अन्तिम मूल्याङ्कनको भार भएकाले पाठ्यघण्टा पनि सोहीअनुसार रूपान्तरण गर्ने, आन्तरिक र आवधिक (बाह्य) मूल्याङ्कनमा विद्यार्थीले पाएको अङ्कभार छुट्टाछुट्टै राख्ने , आन्तरिक र आवधिक (बाह्य) मूल्याङ्कनमा विद्यार्थीले पाएको अङ्कभारका आधारमा ग्रेड निर्धारण तालिकाअनुसार ग्रेड पोइन्ट लेख्ने , आन्तरिक र आवधिक (बाह्य)मूल्याङ्कनको पाठ्यघण्टाले GRADE POINTलाई छुट्टाछुट्टै गुणन गरी WGP निकाल्ने, आन्तरिक र आवधिक (बाह्य) मूल्याङ्कनमा आएको WGP लाई जोडेर विषयको जम्मा पाठ्यघण्टाले भाग गर्ने ।
GPA = Sum of the Weighted Grade Point (WGP)/ Divided by total credit hours (CH) of the class = 117.2/32 = 3.66
मापनमा त्रुटि कसरी हुन्छ ?
नेपालको शैक्षिक प्रणालीमा विद्यालयदेखि लिएर विश्वविद्यालयसम्म परीक्षाको प्राप्तांक बारे सूचना दिँदा अङ्क प्रणालीको प्रयोगलाई कम गर्दै अक्षरांक पद्धति सुरु भएको एक दशक हुन लागेको छ । मापनको विश्वव्यापि मान्यता अनुरुप एउटै परीक्षालाई पटकपटक उही परीक्षार्थीमाथि प्रयोग गर्दा विद्यार्थीहरुको प्राप्तांकमा एकरुपता हुनुलाई आर्दश अवस्था मानिन्छ। यसरी पटक–पटक परीक्षण पश्चात पनि प्राप्तांक समान रहन्छ भने यसलाई परीक्षार्थीको ‘वास्तविक अंक’ भनिन्छ। पटक पटक एउटै विषयमा मापन गर्दा केही भिन्नता देखा पर्छन् यसलाई मापनको त्रुटि मानिन्छ ।
परीक्षामा सोधिने बहुबैकल्पिक प्रश्न, उच्च भाषिक तहका प्रश्न, प्रश्नको अस्पष्टता, अस्पष्ट निर्देशन, उत्तर अनुमान गर्न सहयोग गर्ने तत्त्वका अलावा परीक्षाको समयमा विद्यार्थीमा देखा पर्ने मनोवैज्ञानि तथा शारीरिक प्रभाव तथा असर अनुमान गर्ने’ परीक्षा सञ्चालनको समयमा अपनाइन असावधानी, लगायतका अन्य तत्त्वले गर्दा मापनमा त्रुटि हुन्छ । यसका अलावा यी तत्त्वले विद्यार्थीको परीक्षामा समेत असर गर्छ । त्यसले विद्यार्थीको सही मूल्याङ्कन हुन सक्दैन । बालबालिकामा पर्ने मानशिक असरलाई कम गर्दै श्रेणीकरणले विद्यार्थीमा पार्ने मानशिक असरलाई न्यूनीकरण गर्न अक्षरांक पद्धतिको सुरुआत भएको मानिएको छ ।
वास्तविक उपलब्धिको स्तरलाई परीक्षाले प्रतिबिम्ब गर्न सक्दैन
प्राडा. गणेशबहादुर सिंहका अनुसार परीक्षा सञ्चालकहरूको प्रवृत्ति, र परीक्षा अंक प्रदान गर्दा र जोड्दा हुने त्रुटि, निबन्धनात्मक⁄खुला प्रश्नमा अंकन गर्दा हुने त्रुटि भिन्नता आदि। यस्तो किसिमको त्रुटिहरुलाई आवश्यक सचेतना अपनाएर र परीक्षालाई स्तरीकृत बनाएर न्यूनिकरण गर्न सकिन्छ। तर यसलाई पूर्णतया हटाउन सकिँदैन। मापनमा रहेको त्रुटिकै कारण परीक्षार्थीहरूको वास्तविक उपलब्धिको स्तरलाई परीक्षाले प्रतिबिम्ब गर्न सक्दैन। यसले विद्यार्थीहरुको वास्तविक उपलब्धिको स्तरलाई केही मात्रामा विचलन गराएको हुन्छ। ‘परीक्षार्थीहरुको वास्तविक उपलब्धिको स्तरमा विचलनको मात्रालाई मापनमा भएको त्रुटि सीमाले निर्धारण गर्दछ।’ उनी भन्छन्, ‘यसको आधारमा परीक्षार्थीको कोरा अंक प्राप्त भएको अवस्थामा उसको संभावित अंकलाई गणना गरी समूहस्तरमा व्यक्त गर्न सकिन्छ। जस्तै ९० देखि १०० एक समूहस्तर र ८० देखि ९० तल अर्को समूहस्तर।’
कोरा अङक भनेको के हो ?
मापनको सिद्धान्तमा विद्यार्थीहरूको उत्तरपुस्तिका जाचँ गरिसके पश्चात परीक्षकले प्रदान गर्ने अंकलाई कोरा अंक भनिन्छ। यो अंक उद्योग, कलकारखानामा ल्याइने कच्चा पर्दाथ जस्तो हुन्छ, त्यसलाई विभिन्न प्रक्रियाबाट प्रशोधन गरेर उपभोग्य वस्तुको रुपमा प्रयोग गरिन्छ । परीक्षामा पूर्णांक १०० लाई मान्ने हो भने कोरा अंकको विस्तारको संभावना ० देखि १०० सम्म हुन्छ, जुन १०१ प्वाइन्ट स्केल हो। विद्यार्थीले शून्य पाउनु भनेको उसलाई केही पनि आउदैन ? भन्ने होइन । उनी भन्छन्, ‘विद्यार्थीले शून्य ल्याउँदा नजान्ने र १०० ल्याउँदा सबैमा पूर्ण छ दुबै अवस्थाको उत्तर होइन भन्ने नै आउँछ। यसको अर्थ यो हुन आउँछ की जुन परीक्षा विद्यार्थीहरुलाई दिन लगाइयो त्यसमा कुनै पनि प्रश्नको उत्तर विद्यार्थीहरुले दिन सकेनन् वा विद्यार्थीहरु यस कारणले भाग्यमानी भए की उनीहरुले सबै प्रश्नको उत्तर सही दिन सक्षम भए।’ उनी भन्छन्, ‘यो अवस्थामा निश्चय रुपमा प्रभाव पर्छ यदि यही विषयवस्तुलाई मापन गर्न फरक प्रश्नपत्र प्रयोग गरिन्छ वा कुनै अर्को परीक्षकले यस उतरपुस्तिका परीक्षण गर्दछ भने। सबै प्रकारको मनोवैज्ञानिक मापन जस्तै उपलब्धी परीक्षा, बौद्धिक परीक्षा तथा व्यक्तित्व परीक्षा आदिमा केही मात्रामा त्रुटि रहेकै हुन्छ।’
एउटा विद्यार्थीले ५० अंक ल्याउँदछ र अर्कोले ५१ ल्याउँदछ भने, ५१ अंक ल्याउने विद्यार्थी ५० अंक ल्याउने भन्दा कुन कारण राम्रो भयो छुट्याउन गाह्रो हुन्छ। त्यसैले १०१ अंक स्केलको कमजोरी बारे सचेत हुन आवश्यक छ ।
न्यूनतम अंक एसईईमामा सैद्धान्तिमा ३५ उत्तीर्णांक र प्रयोगोगात्मकमा ४० प्रतिशत उत्तीर्णांक हुने व्यवस्था छ । ३४ अंक ल्याउने विद्यार्थी त्योभन्दा एक अङ्क बढी ल्याउने विद्यार्थीभन्दा योग्य र अर्को अयोग्य कसरी हुन् सक्छ ? यो कुराबाट तर्क दिन सकिँदैन कि ३५ ले राम्रो भविष्यको इगिंत गर्दछ र त्योभन्दा कम ल्याउने भविष्यमा केही पनि गर्न सक्दैन भन्ने मूल्याङ्कनको मान्यतालाई परिवर्तन गर्न अक्षरांक पद्धितिको सुरुआत गरिएको विज्ञहरू बताउँछन् ।
मानौं गणितमा कुनै विद्यार्थीको प्राप्ताङ्क १०० छ र अङ्ग्रेजीमा ८० छ भने यसलाई कोरा अंक मानिन्छ । दुई विषयको विचको अन्तर २० अङ्कको छ । कोरा अङ्कबाट विषयगत तुलना गर्न मिल्दैन। विषयगत प्राप्तांक जोडेर र मिश्रित अङ्कको प्रयोग गरिन्छ। एउटा विषयमा प्राप्त अङ्कले मिश्रित अंकलाई अरु विषयको अङ्कले बढी प्रभाव पार्ने संभाव्यता रहन्छ गणितको अङ्ग्रेजीभन्दा नतिजा राम्रो देखिएको छ । । मापनमा त्रुटि, न्यूनतम अंकका कमजोरी र वर्ष र विषयबिच तुलना गर्दा आउने समस्यालाई । अक्षरांक पद्धतिको सम्बोधन गर्छ ।
कहिलेदेखि लेटर ग्रेडिङ
राष्ट्रिय परीक्षा बोर्डले विस २०७१ सालमा ९० वटा व्यवसायिक धारको विद्यालयमा अक्षरांक पद्धति लागू गरेको थियो । बोर्डले कोरा अंकसहितको वर्गान्तरसहितको ग्रेड, स्तरीकृत अंक, औसत स्तरीकृत अंक र ग्रेडको व्याख्यासहित अक्षरांक पद्धति लागु गरेको छ । । ग्रेडको अङ्कको वर्गान्तर जस्तै ९० देखि १०० ए प्लस, ८० देखि ९० भन्दा कम ए, आदि। यसले १०१ प्वाइंट स्केललाई विस्थापन गराउने र मापनको त्रुटिलाई समेत ध्यान दिएको छ ।
जब स्थिर वर्गान्तर अंकको प्रयोग हुन्छ तब एउटा विषयको ग्रेड ए र अर्को विषयको ग्रेड ए समान हुन्छ भनेर सुनिश्चित गर्न सकिँदैन । किनकि स्थिर समूह स्तरमा (८० देखि ९० भन्दा कम) आधारित भएर ग्रेड ए मा रुपान्तर भएर रहेको हुन्छ। एउटा विषयमा आएको उच्चतम अंक (९० देखि १००) ए प्लस हुन सक्दछ र अर्को विषयमा (८० देखि ९० भन्दा कम) आएको उच्चतम अंक ए मात्र हुन्छ।
प्राडा सिंहका अनुसार, ग्रेडिङको व्याख्याले शब्द तथा अंकलाई अर्थ प्रदान गर्दछ र स्तरीकृत सञ्चारका लागि सहयोग गर्दछ। उपलब्धिको तहले दिइएको विषय क्षेत्रमा विद्यार्थीको उपलब्धिको मात्रालाई संप्रेशण गर्दछ। यसले विद्यार्थीहरूले प्रत्येक उपलब्धिको तहमा के सिकेको छ र के गर्न जान्दछ भन्ने कुरा पनि र्दशाउँदछ। प्रत्येक गे्रड तह, स्तरीकृत ग्रेड अंकमा रुपान्तर भएको हुन्छ। स्तरीकृत ग्रेडअंक, औसत स्तरीकृत ग्रेडअंक र संञ्चित स्तरीकृत ग्रेडअंकमा विभाजन गर्न सकिन्छ। यो अवस्थाले कोरा अंकलाई उच्चतम रुपले विश्लेषण गरी सही रुपले अथ्र्याउँछ। औसत स्तरीकृत ग्रेडअंक र संञ्चित ग्रेडअंकमा भएको भिन्नताले कोरा अंकको आधारमा आउने भिन्नतालाई विशिष्टता दिनुभन्दा विषयको आधारमा विद्याथीहरुको प्रर्दशनको घटबढको मात्रालाई पहिचान गर्दछ। यसैले अन्तिममा अक्षरमा गे्रडिङ नगरिकन संञ्चित स्तरीकृत ग्रेडअंकमा व्याख्या गर्नु उपयुक्त हुन्छ।