Edusanjal

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

भक्तपुर — राष्ट्रिय परीक्षा बोर्डले आज (शनिबार) माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। यस परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन्। बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार कुल १ लाख ४३ हजार २५७ विद्यार्थी सहभागी भएकामध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण (अवर्गीकृत) भएका छन्।

गत वैशाखमा भएको वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’ भएका वा परीक्षामा अनुपस्थित विद्यार्थीका लागि पूरक परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन गरिएको थियो।

बोर्डले नतिजा हेर्नका लागि IVR / SMS - USSD सेवासँगै, see.edusanjal.com राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट www.neb.gov.np र कक्षा १० को पोर्टल www.see.gov.np प्रयोग गर्न सकिने जनाएको छ। साथै, www.see.gov.np मा परीक्षार्थीको सिम्बोल नम्बर र जन्ममिति राखेर ग्रेडसिट हेर्न तथा डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ।

बोर्डले नतिजा प्रति चित्त नबुझेका विद्यार्थीलाई पुनर्योग (रिचेक) गर्न पाउने व्यवस्था गरेको छ। इच्छुक विद्यार्थीहरूले यही असोज १९ गतेदेखि २९ गते साँझ ५ बजेभित्र बोर्डको वेबसाइटमार्फत फाराम भरी आवेदन दिन सक्नेछन्।

+2 School
Counseling
Bachelors Portal