After SEE Portal

नयाँ शिक्षक छनोट गर्न एक वर्ष लगाउने कार्यतालिकाका बारेमा के भन्नुहुन्छ ?

Bridge Course

निकै लामो समयको प्रतीक्षापछि शिक्षक सेवा आयोगले आइतबार नयाँ शिक्षक पदपूर्ति, आन्तरिक बढुवा र अध्यापन अनुमतिपत्रसम्बन्धी कार्यतालिका सार्वजनिक गरेको छ । बितेको एक वर्षदेखि पदाधिकारीविहीन बनेको आयोगले नयाँ पदाधिकारी प्राप्त गरेपछि अब शिक्षकको खुला विज्ञापनमा प्रतिस्पर्धा गर्न पाइने खुशीमा अध्यापन अनुमतिपत्र लिएकाहरु थिए । कार्यतालिकामा आयोगले मिति निर्धारण नगरे पनि महिनासम्म उल्लेख गरेको छ ।  

आयोगको कार्यतालिका सार्वजनिक भएपछि विभिन्न खाले टिप्पणी सुनिएका वा पढ्न पाइएका छन् । धेरैको गुनासो आयोगको काम गराइ सुस्त भयो भन्ने नै नदेखिएको छ । नयाँ शिक्षक नियुक्त भएर कक्षाकोठामा पुग्न अब ठ्याक्कै एक वर्ष लाग्ने देखिएको छ । शिक्षक छनोटको कार्य एक वर्ष लाग्नुले पक्कै पनि काममा सुस्तपन रहनु नै हो । 

आयोगले सार्वजनिक गरेको कार्यतालिकालाई यस पटकको अभिमतको विषय बनाएका छौँ । तपाईँलाई यो कार्यतालिका कस्तो लाग्यो ? एक वर्ष लामो छनोट प्रक्रिया उपयुक्त हो ? वा सुस्त गतिका रुपमा लिइनुपर्छ ? यस विषयमा आफ्नो प्रतिक्रिया दिएर वहसमा सहभागी हुन हार्दिक अनुरोध गर्दछौँ । धन्यबाद

A Levels MA